English

आइपिएल : कोलकत्ताका अगाडि निरीह पन्जाब किङ्स



पन्जाब किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

शुक्रबार राति पन्जाबले दिएको १३८ रनको लक्ष्य कोलकत्ताले १४ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । कोलकत्ताको जितमा आन्द्रे रसेलले अविजित रहदै ७० रन बनाए ।

यस्तै कप्तान श्रेयस आयरले २६ र साम विलिङ्सले अविजित २४ रन बनाए । यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले १८ ओभर २ बलमा अलआउट हुँदै १३७ रन बनायो ।

पन्जाबका लागि भानुका राजपाक्षेले ३१ रन जोड्दा कागिसो राबडाले २५ रन बनाए । लियाम लिभिङस्टोनले १९, शिखर धवनले १६ तथा हारप्रित ब्रारले १२ रन बनाए ।

कोलकत्ताका उमेश यादवले ४ विकेट लिदा टिम साउथीले २ विकेट लिए । जितसँगै कोलकत्ताले ३ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । पन्जाबको भने यो पहिलो हार हो । पन्जाबले २ खेलमा २ अंक छ ।

यो पनि…
विश्वकप : कुन देश कुन समूहमा ? [तालिका]

यी हुन् कतार विश्वकपमा स्थान बनाएका २९ राष्ट्र
आठ वर्षपछि अमेरिका विश्वकपमा छनोट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested