English

नेपालद्वारा पीएनजी ३७ रनले पराजित



त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ३७ रनले हराएकाे छ । नेपालले दिएकाे दुई सय चार रनकाे लक्ष्य पछ्याएकाे पीएनजी १९ ओभर चार बलमा एक सय ६६ रनमा अलआउट भयाे ।

बलिङतर्फ नेपालका करण केसीले ह्याट्रिक गर्दै पाँच विकेट लिए । करणले तीन ‌ओभर चार बलमा २१ रन दिएर पाँच विकेट लिएका हुन् । यस्तै, साेमपाल कामी र अविनाश बाेहराले दुई/दुई विकेट लिँदा सन्दीप लामिछानेले एक विकेट लिए ।

यसअघि, कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय तीन रन बनाएको थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६६ रन बनाए । यस्तै, राेहित पाैडेलले ४१, आशिफ शेखले ३८ रन बनाउँदा टी–२० मा डेब्यु गरेका आदिल आलमले ११ बलमा ३१ रन बनाए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६६ रन बनाए । यस्तै, राेहित पाैडेलले ४१, आशिफ शेखले ३८ रन बनाउँदा टी–२० मा डेब्यु गरेका आदिल आलमले ११ बलमा ३१ रन बनाए ।

यस्तै, कुशल भुर्तेलले १७, आरिफ शेखले नटआउट दुई र करण केसीले १ रन बनाउँदा दीलिप नाथ शून्यमै आउट भए ।

बलिङतर्फ पीएनजीका कबुआ माेरेले तीन विकेट लिए । यस्तै, रिले हिकुरेले दुई विकेट लिँदा नाेरमन भानुआ र नाेसइना पाेकनाले एक/एक विकेट लिए ।

यो पनि…
मलेसियालाई हराउँदै नेपाल फाइनलनजिक

नेपाले दियो २०४ रनको लक्ष



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested