English

आज दिउँसो यी प्रदेशमा वर्षाको सम्भावना



काठमाडौंको आकाश तुवाँलोले ढाक्दा बिहान र साँझ घाम लाग्न छाडेका बेला बुधबार बिहान क्षणिक वर्षा भएको छ । केही दिनयता काठमाडौंमा प्रदूषण पनि ह्वात्तै बढेको छ । तर बिहान वर्षा हुँदा राहत महसुस गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव नेपालमा रहेको छ ।

दिउँसो प्रदेश १, मधेस, बाग्मती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति प्रदेश १, बाग्मती र गण्डकीका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

बिहीबार प्रदेश १, मधेस, बाग्मती र गण्डकीका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने आकलन गरिएको छ । ती प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

यो पनि…
देशभर वायु प्रदूषण, घरबाहिर ननिस्कन चेतावनी
यसकारण बढ्दै छ विश्वमा वायु प्रदूषण
वायु प्रदूषणको असर सर्जिकल मास्कले रोक्दैन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested