English

वैद्यनाथ धाममा शिव साधना



वैद्यनाथ धाममा आठौं शिव साधना कार्यक्रम सुरु भएको छ । परम उद्धारकर्ता संकटमोचन स्वरुप गुरु मदनबाबाको सानिध्यतामा चैत १५ गतेदेखि २० गतेसम्म शिव साधना हुने आयोजकको भनाइ छ ।

आठौं शिव साधना कार्यक्रममा १०८ ज्योर्तिलिङ्गको प्राण प्रतिष्ठान, सवा करोड दिप प्रज्ज्वलन र महारुद्रीको समेत आयोजना हुने मदन बाबा भक्ति केन्द्रले जानकारी दिएको छ ।

इतिहासमै एकै पटक चार वटा कार्यक्रम सम्भवत वैद्यनाथ क्षेत्रमा हुने केन्द्रले जानकारी दिएको छ । साधनाको क्रममा साधकहरू प्रार्थना, ध्यान, जप, सत्सङगत र योगमा मदनबाबाले सत्मार्गमा लाग्न जीवन उपयोगी प्रवचन दिइरहेका छन् ।

साधनामा पितृहरूको उद्धार एवम् साधक साधिकामा विद्यमान रोग, दोष, विध्नबाधाबाट मुक्ति प्राप्त गर्न महारुद्री अनुष्ठान सहितको सवा करोड ज्योति प्रज्वलन पनि गरिने मदन वावा भक्ति केन्द्रका कार्यवाहक महासचिव निशा रानाको भनाइ छ ।

शिविरमा सहभागिताका लागि जुनसुकै धर्म, पेशा, जातजाति, भाषा, संस्कृतिका साथै जनुसुकै उमेरका व्यक्तिहरू सहभागी हुन सक्ने आयोजकले जनाएको छ ।

यो पनि….
शिवको तपस्या तोड्न कामदेवले के गरे ?
गौतम बुद्धले संसारलाई दिए यी १० सन्देश



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । सर्जक मनिष गहतराज र संगीत संयोजक निरज रास्कोटीको संयुक्त प्रयासमा तयार भएको भजन गीत ‘गोविन्द गोपाल श्याम’ सार्वजनिक

वैशाख १२ गते । केके मानन्धर ।न्हापांगु पलाः नेवाः मिसा पुचःको आयोजनामा काठमाडौंको हनुमानढोकामा भजन, सांस्कृतिक तथा सम्मान कार्यक्रम भव्य

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested