English

‘एफ–२२’ फाइटर जेटलाई सेवाबाट हटाउँदै पेन्टागन



अमेरिकी सेनाले ३३ वटा ‘एफ–२२’ र्‍यापटर्स लडाकु विमानलाई सेवाबाट हटाउने योजना बनाइरहेको छ । नयाँ फाइटर जेटलाई कोष उपलब्ध गराउन आवश्यक अनुसन्धानका लागि यी विमानलाई सेवाबाट हटाउने योजना बनाइएको अमेरिकी सेनाले जनाएको छ ।

पेन्टागनले झन्डै ३ दर्जन लडाकु विमानलाई एरिजोनामा रहेको डेभिस मोन्थानमा पठाउने योजना रहेको जनाएको छ । यसले अर्को पुस्ताको हवाई वर्चश्व कार्यक्रममा आवश्यक पर्ने अनुसन्धान र विकासमा कोष उपलब्ध हुने बताइएको छ । यसलाई कंग्रेसको समर्थन प्राप्त भएमा अमेरिकी कुल ‘एफ–२२’ फ्लिटको सङ्ख्या १८६ बाट १५३ मा झर्नेछ ।

फ्लोरिडाको इग्लिन एएफबीबाट भर्जिनियामा विमान सार्ने योजना तीन वर्षभन्दा बढी अवधिसम्म रोकिएको थियो । वायु सेनाले पुराना ‘एफ–२२’ हाल तालिमका लागि प्रयोग गरिरहेको र आक्रमणको ढाँचामा लैजान महँगो पर्ने शाखाका उपसचिव मेजर जनरल जेम्स पेसियाले बताएका छन् ।

यसलाई अपग्रेड गर्न आगामी ८ वर्षसम्म झन्डै २ अर्ब डलर लाग्ने उनले बताए । यसको सट्टा नयाँ विमानमा लगानी गर्नु उत्तम हुने उनको भनाइ थियो ।

बाँकी एफ–२२ विमानलाई भर्जिनिया, हवाई, फ्लोरिडा अलास्काको बेसमा राखिने प्रवक्ता एन स्टेफानेकले बताएका छन् । यो विमान हावाबाट हावामा मार हान्न सक्ने क्षमताको भएकाले अन्य विमानलाई सेवामै राखिने उनले बताए ।

ह्वाइट हाउसले अमेरिकी इतिहासकै ठूलो सैन्य बजेटको प्रस्ताव गरेसँगै यो प्रयासले अनुसन्धान र विकासका लागि कोष बचाउने बताइएको छ । उसले आगामी वर्षका लागि ८१३.३ अर्बको बजेट ल्याउने भएको छ ।

ह्वाइट हाउसले अमेरिकी इतिहासकै ठूलो सैन्य बजेटको प्रस्ताव गरेसँगै यो प्रयासले अनुसन्धान र विकासका लागि कोष बचाउने बताइएको छ । उसले आगामी वर्षका लागि ८१३.३ अर्बको बजेट ल्याउने भएको छ । यो २०२२ का लागि स्वीकृत गरिएको भन्दा ३१ अर्ब डलरले बढी हो ।

यो प्रस्तावमा युक्रेनलाई गरिने ६८ करोड २० लाख डलरको सैन्य सहयोगलाई पनि समावेश गरिएको छ । यसका साथै ‘आर एन्ड डी’मा ९.५ प्रतिशत वृद्धि गरी कुल १३० अर्ब डलर पुर्‍याइएको छ ।

तर, स्थल सेना, जल सेना र मरिनमा संयुक्त रूपमा त्यस्तै ४३०० को सङ्ख्यामा कटौती गरिने छ । वायु सेनातर्फ २०० नयाँ सेना थप गरिने छ ।

यो पनि
अमेरिकी रक्षा मन्त्रालयको प्रतिवेदन : सुरक्षामा चीन र रूस प्रमुख खतरा
पुटिन रहन सक्दैनन् : बाइडेन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

Latest










Popular
Suggested