English

टाइफाइडको उपचार समय मै नगरे के हुन्छ ?



टाइफाइड ज्वरो साल्मोनेला टाइफी ब्याक्टेरियाको कारणले हुन्छ । टाइफाइडले मुख्यतया उच्च ज्वरो निम्त्याउँछ । दूषित पानी तथा दूषित खानाको सेवनबाट टाइफाइडको ब्याक्टेरिया शरीरमा प्रवेश गर्छ, जसले टाइफाइड निम्त्याउँछ ।

साल्मोनेला टाइफी पेटमा प्रवेश गरेपछि, यो आन्द्रामा एकदेखि तीन हप्ताबाट यस्को लक्षण देखि थाल्छ । यहाँबाट यो शरीरका धेरै अङ्गहरूमा पनि जान्छ र रोग प्रतिरोधात्मक क्षमतालाई पनि असर गर्न थाल्छ । त्यसैले, समयमै टाइफाइडको उपचार गर्नु धेरै महत्त्वपूर्ण हुन्छ ।

लक्षण
लगातार ज्वरो आउनु, बान्ता हुनु, पेट दुख्नु, थकान तथा टाउको दुखाइ, डायरिया तथा कब्जियतको समस्या र कमजोर महसुस हुनु आदि टाइफाइडको लक्षण हुन् ।

ध्यान दिनुपर्ने कुरा
पानीलाई राम्ररी उमालेर, सफा र शुद्ध पानी मात्र पिउने गर्नुपर्छ । ज्वरो आएमा औषधि खाँदा छिटो पसिना आउँछ । पानीले शरीरलाई हाइड्रेटेड राख्न सहयोग गर्छ । पानी र झोलिलो पदार्थको सेवनले शरीरलाई ऊर्जा दिन्छ ।

यस्तै शौचालय गएपछि र खाना खानुअघि साबुन पानीले राम्ररी मिचीमिची हात धुने गर्नुुपर्छ । पानीको स्रोत र घर वरपरको सरसफाइमा विशेष ध्यान दिने । टाइफाइडग्रस्त मानिससँग संसर्ग गर्नु हुँदैन ।

जतिसक्दो ताजा र पौष्टिक आहारा खानुपर्छ । धेरै चिल्लो र मसलादार खानेकुरा नखानुहोस् । टाइफाइडको कारण पाचन प्रणाली पनि प्रभावित भई पेटको शक्ति कमजोर हुन्छ . यसले धेरै तेल र मसला भएको चीजको सेवनले पाचन शक्तिमा असर पर्छ ।

यो पनि…
जीवन मन्त्र : आफ्नो कमाइको केही अंशले अरूलाई मद्दत गर्नुहोस्
बिहानको यी बानीले दिनभर ताजा राख्छ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

Latest










Popular
Suggested