English

किसानका लागि छुट्याइएको स्टल सुनसान, के भन्छ बजार विकास समिति ?



किसानले उत्पादन गरेको तरकारी आफै बेच्न पाउने भनेर ल्याइएको ‘होल्डिङ /अक्सन यार्ड’ योजनामा किसानको न्यून सहभागिता देखिएको छ ।

किसानको लागि ल्याइएको योजनामा साँझ ७ बजेदेखि विहानको ४ बजेसम्म तरकारी बेच्ने समय तोकिएको छ । मेरोलाइफ स्टाइलको टिम मंगलबार साँझ ७ बजे कालिमाटी फलफूलले छुट्ट्याइएको स्थलमा अवलोकन गर्न पुगेको थियो । तर, किसानको उपस्थिति देखिएन । कालिमाटी तरकारी तथा फलफूल समितिका छुट्याइएको १२ वटा स्टल पुरै सुनसान थियो ।

कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका वरिष्ठ अधिकृत मनोज धितालले योजनाबारे किसानले सूचना पाउन नसकेकाले र आन्तरिक उत्पादन घटेकाले किसानहरूको न्यून सहभागिता देखिएको बताए । उनले भने, ‘हामी यो योजना लिएर परीक्षणमै छौं, अहिलेसम्म ९ जना किसानहरू आफ्नो उत्पादन ल्याएर बिक्री गरिसकेका छन् । थप योजनाबारे कृषि ज्ञान केन्द्रमा जानकारी गराएका छौं ।’

विचौलिया विना किसानले सिधै तरकारी बेच्न पाउने यो योजनाबारे चितवन, धादिङ, मकवानपुरका कृषि ज्ञान केन्द्रलाई जानकारी गराइएको अधिकृत धितालले बताए । उनका अनुसार ९ जना सहभागी भएका किसान उपत्यकाका भक्तपुर र ललितपुरका रहेका छन् ।

बजार विकास समितिले किसानका लागि छुट्याएको स्टलमा किसानको नामका लागि मात्र रहेको बताउँछन् प्रत्यक्षदर्शी व्यापारी । कतिपय किसानहरू तरकारी ल्याएर स्टलमा तरकारी नराखी बाहिर नै बिक्री गरी फर्किने बताउँछन् उनीहरू ।

उनीहरूका अनुसार दिनभर थाकेका किसानलाई रातिको लागि छुट्याइएको समय उपर्युक्त नभएकाले सहभागिता न्यून भएको हो । यसका साथै किसानले आफूले उत्पादन गरेको तरकारी बेच्नका लागि कम्तीमा २ टन हुनैपर्ने भएकाले पनि किसानहरूको यसमा न्यून उपस्थिति रहेको उनीहरूको बुझाई छ । किनभने एक पटकमा दुई टन तरकारी उत्पादन गरेर बेच्ने हैसियत भएका किसानको संख्या काठमाडौंमा न्यून छ ।

समितिले गत साता ल्याएको यस योजनामा किसानले तरकारी कम्तिमा २ टन ल्याउनु पर्नेछ । प्रति टन २ सय रुपैयाँको दरले समितिलाई शुल्क तिर्नुपर्ने नियम तोकिएको छ । सो भन्दा बढी तरकारी ल्याएमा २० पैसाको प्रतिकिलोका दरले समितिलाई शुल्क बुझाउनु पर्नेछ । यसरी ल्याएको तरकारी थोकमै बेच्नु पर्नेछ ।

यो पनि पढ्नुहोस् ।

पाउलान् त किसानले तरकारीको सही मोल ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested