English

युक्रेनको युद्ध क्षमतामा कमी ल्याउन सफल भएको रूसको दाबी



एक महिनाअघि युक्रेनमा आक्रमण गरेको रूसले युद्धको प्रारम्भिक उद्देश्य पूरा भएको र युक्रेनको युद्ध क्षमतामा कमी ल्याउन सफल भएको दाबी गरेको छ ।

बीबीसीको भनाइमा रूसको आक्रमण युक्रेनका केही शहरहरू कब्जा गर्ने र युक्रेनको सरकार ढाल्न लक्षित भएको देखिएको छ । तर युक्रेनको बलियो प्रतिवादका कारण रूस अघि बढ्न सकिरहेको छैन ।

रूसका वरिष्ठ सैन्य अधिकारी सर्गेई रुद्स्कोईले भने, ‘हाम्रो कारबाहीको पहिलो चरणको मुख्य काम पूरा भएको छ । युक्रेनी सशस्त्र फौजको युद्धक्षमता ठोस रूपमै कमजोर भएको छ जसले अब हामीलाई मुख्य लक्ष्य हासिल गर्न केन्द्रित हुन सहयोग पुग्छ । त्यो भनेको डोन्बासलाई मुक्त गर्नु हो ।’

उनका अनुसार अब रूसी सैनिकहरूले डोन्बासको पूर्ण मुक्तिका लागि ध्यान केन्द्रित गर्नेछन् । पूर्वी युक्रेनको डोन्बास रूसले समर्थन गरेका पृथक्तावादीहरूको बाहुल्य रहेको क्षेत्र हो । रूसी सेनाले किएभमा पनि बमबारी जारी राख्दै राजधानी सहरलाई घेराबन्दी गरिरहेका छन् ।

यो पनि…
रूसी पर्वतारोहीमाथि प्रतिबन्धन लगाउन नेपाललाई युक्रेनको अनुरोध

रूसले अब कस्तो हतियार प्रयोग गर्न सक्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ स्थापना भएको १९ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

Latest










Popular
Suggested