English

योगी आदित्यनाथद्वारा जम्बो मन्त्रिपरिषद् गठन, को-को परेनन् ?



भारत उत्तर प्रदेश -यूपी)का मुख्यमन्त्री योगी आदित्यनाथले मुख्यमन्त्री पदको शपथ लिएका छन् । राजधानी लखनउको इकाना स्टेडियममा आयोजित विशेष समारोहमा आदित्यनाथलाई प्रदेशप्रमुख आनन्दी बेन पटेलले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।

भाजपाका नेता योगी आदित्यनाथ उत्तर प्रदेशमा लगातार दोस्रो कार्यकाल मुख्यमन्त्री बनेका हुन् । योगी आदित्यनाथ नेतृत्वको ५२ सदस्यीय जम्बो मन्त्रिपरिषदमा २ उपमुख्यमन्त्री र १६ जना मन्त्री छन् । केशव प्रसाद मौर्य र ब्रजेश पाठक उपमुख्यमन्त्री छन् ।

मौर्यले यसपटकको विधानसभा निर्वाचन जितेका थिएनन् । हारका बाबजुद पनि उनलाई उपमुख्यमन्त्री बनाइएको छ । उनी अघिल्लो सरकारमा पनि उपमुख्यमन्त्री थिए ।योगी आदित्यनाथको मन्त्रिपरिषदमा ओबीसी समाजलाई विशेष ध्यानमा राख्दै दलित, ब्राह्मण, राजपुत, बनिया, भूमिहार, कायस्थ, शिख र मुस्लिम समुदायका नेताहरूलाई पनि स्थान दिइएको छ ।

लखनउका jरिष्ठ पत्रकार हेमन्त तिवारीका अनुसार मन्त्रिपरिषदमा करिब २० जना ओबीसी, ९ दलित, ७ ब्राह्मण, ६ राजपुत, ४ वैश्य, २ भूमिहार समुदायका छन् । यसैगरी कायस्थ, शिख र मुस्लिम समुदायका एक-एक जना समेटिएका छन् ।

को-को परेनन् ?

अघिल्लो सरकारमा उपमुख्यमन्त्री रहेका दिनेश शर्माले यसपटक मन्त्रिपरिषदमा स्थान पाएनन् । यसैगरी, पहिले ऊर्जामन्त्री सम्हालेका श्रीकान्त शर्मा पनि यसपटक मन्त्री बन्न पाएनन् । अघिल्लो सरकारमा रहेका एक मात्र मुसलमान मन्त्री रहेका मोहसिन रजा पनि यसपटक क्याबिनेटमा परेनन् ।

अघिल्लो पटकका चर्चित मन्त्री सतीश महाना र स्वाती सिंह पनि यसपटक मन्त्री बन्न पाएनन् । तर, स्वातीका श्रीमान् दयाशंकरलाई यसपटक मन्त्री बनाइएको छ ।

यो पनि…
युक्रेन हमला : कस्तो छ पछिल्लो अपडेट ?
युक्रेनमा रूसी हमला : पछिल्ला ६ घटना



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

Latest










Popular
Suggested