English

३५ प्रकारका विशेष ल्याब परीक्षण सुविधा थपिए



गुल्मी अस्पतालमा ३५ प्रकारका परीक्षणको सुविधा थप गरिएको छ । गुल्मी अस्पतालको प्रयोगशाला सेवालाई सुद्धृढीकरण गर्दै लैजाने क्रममा विशेष प्रकारका परीक्षणहरू थालिएको गुल्मी अस्पतालले जनाएको छ ।

गुल्मी अस्पतालका ल्याब इन्जार्ज लक्ष्मण पन्थीका अनुसार अब थाइराइडको एन्टीबडी, विभिन्न भिटामिनको मात्रा, टयुमर मार्कर, मधुमेह, हर्मोनहरुको परिक्षण गरिनेछ । त्यस्तै रगत जमेको वा नजमेको पत्ता लगाउन गरिने परीक्षण, मुटु रोग तथा कलेजो रोग पत्ता लगाउन गरिने विशेष परीक्षण, रत्तअल्पताको प्रकार छुट्याउने लगायतका ३५ प्रकारका नयाँ परीक्षणको सुविधा थप गरिएको पन्थीले जानकारी दिए ।

ब्लड बैंकमा रगत सञ्चय गरेर राख्न सक्ने सुविधा समेत उपलब्ध रहेको पन्थीले बताए । स्वास्थ्य बिमासँगै अस्पतालले प्रयोगशाला सुद्धृढीकरण र सुविधा थप्दै गएपछि प्राइभेट अस्पतालहरूमा चर्को शुल्क तिरेर परीक्षण गर्ने नागरिकलाई राहत भएको छ ।

राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाबाट गुल्मी अस्पतालले प्रयोगशाला सेवाको गुणस्तर सुनिश्चितताका सम्बन्धमा गुणस्तर मापन गर्दा अतिउत्तम नतिजा हासिल गरेको छ । गुणस्तर नियन्त्रण प्रयोजनार्थ राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशाला शाखाबाट वितरण गरिएको ४९ लटको क्वालिटी कन्ट्रोल स्याम्पल परीक्षण गर्दा रिर्पोटको गुणस्तर अतिउत्तम आएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए ।

प्रयोगशालाले नमुना संकलन, परीक्षण, भण्डारण, परीक्षण विधि र ढुवानी लगायत प्रक्रियाको लागि राष्ट्रियस्तरमा निर्धारण गरिएको कार्य सञ्चालन निर्देशिका समय सापेक्ष तथा प्रयोगशाला सापेक्ष अद्यावधिक गरी सो अनुरुप कार्य गर्ने गराउने गरेको पच्याले बताए ।

यो पनि…
मस्तिष्क मृत्युपछि हुने अंगदानलाई कसरी प्रवर्द्वन गर्ने ?
यस्ता हुन्छन् मृगौला बिग्रने कारण र लक्षण, कसरी बच्ने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested