English

कृषिमा रमाउँदै म्याग्दीका किसान



म्याग्दीको रघुगङ्गा गाउँपालिका– ६ ठाडाखानीकी हिमाली छन्त्यालले यो वर्ष आलु बिक्री गरेर मात्रै रु दुई लाख कमाइन् । आलुको बीउ महँगो भएकाले थोरै किनेर हिउँदे आलु रोपेकी छन्त्यालले थोरै रोपे पनि आलुको राम्रो भाउ आएकाले उनलाई कुनै दुःखेसो छैन ।

सधैँजस्तो आलु बेच्न बजार लानु पनि परेन । ग्राहकले घरमै आएर लगे । थोरै आलु रोपेर राम्रो मूल्यमा बेचेकाले छन्त्याल आलु खेतीबाट सन्तुष्ट छिन् । म्याग्दीको उपल्लो भेगमा अहिले धमाधम हिउँदे आलु खनेर बेच्ने समय हो । यो वर्ष आलुको बीउ अकासिएकाले बीउ अभावमा थोरै रोपेता पनि हिउँदे आलुको राम्रो भाउ पाएकोमा आलु किसान खुशी छन् ।

राम्चेकी लीलमाया पुनलाई पनि थोरै आलु रोपेकोमा कुनै पछुतो छैन । महँगो बीउ भएकाले थोरै आलु रोपे तापनि आम्दानी उठेर पनि आफूलाई पुग्दो भएकाले उनी खुशी छिन् । छन्त्याल र पुन जस्तै म्याग्दीका धेरै किसान अहिले कृषि कर्मबाट नै मनग्गे आम्दानी हुन थालेपछि खेतीपातीको काममा नै हौसिएका छन् ।

दुई वर्षसम्म आयातित तरकारीको भर पर्नुपर्ने म्याग्दी जिल्ला अहिले तरकारीमा आत्मनिर्भर बन्दै गएको छ । विशेषगरी कोरोना भाइरसको कारण भारतीय तरकारी नेपाल छिर्न नपाएपछि गाउँ–गाउँमा तरकारी व्यापारी छिर्न थालेकाले यो वर्ष आलुलगायतका तरकारीको मूल्यले राम्रो भाउ पाएको किसानले बताएका छन् ।

दुई वर्षसम्म आयातित तरकारीको भर पर्नुपर्ने म्याग्दी जिल्ला अहिले तरकारीमा आत्मनिर्भर बन्दै गएको छ ।

कात्तिक अन्तिममा रोपेको हिउँदे आलु अहिले खन्ने मौसम हो । म्याग्दीमा हिउँदे आलु बिक्री गरेर यो वर्ष रु पाँच करोड भन्दा बढी आम्दानी हुने कृषकको भनाइ रहेको छ ।

तरकारीपछि म्याग्दीका किसान च्याउखेती, भैँसीपालन र बाख्रापालनप्रति आकर्षित भएका छन् । दुई दशक पहिले गाउँघरमा दूध विक्न मुस्किल हुने म्याग्दीमा अहिले भने दूधको खोसाखोस नै हुने गरेको छ । जब शहर बजारजस्तै गाउँमा क्रमिक रूपमा दूध बिक्न थाल्यो किसानले विस्तारै दूधबाट आम्दानी लिन थाले ।

मङ्गला गाउँपालिका–२ का धर्मराज पौडेलले दूध बिक्री गरेर मासिक रु ८५ हजार भन्दा बढी आम्दानी गर्दै आएका छन् । पौडेलमात्र होइन, बाबियाचौर क्षेत्र वरपरका किसान र बेनी नगरपालिकाका अधिकांश वडाका किसानले पछिल्लो समय दूध बिक्री गरेर मनग्गे आम्दानी गर्दै आएका छन् ।

त्यसैगरी यहाँका किसानले च्याउ खेतीलाई पनि आम्दानीको गतिलो माध्यम बनाएका छन् । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा राक्से, मालिका गाउँपालिका– ७ बिम, बेनी नगरपालिका–२ ज्यामरुककोट लगायतका गाउँमा व्यवसायिक रूपमा च्याउखेती शुरु गरिएको छ ।

राक्से सिर्जनशील कृषि फर्म नै दर्ता गरेर विगत तीन वर्षदेखि च्याउखेती शुरु गरेका मैना खत्री र गीता कार्कीले च्याउ विक्री गरेर वार्षिक रु चार लाख कमाउन थालेपछि उनीहरुको सिको गरेर गाउँमा च्याउ खेतीको लहर नै चलेको छ ।

बेनी नगरपालिका– ४ राक्सेका महिला व्यावसायिक च्याउ खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् । परम्परागत रुपमा गरिँदै आएको खेतीपातीबाट गुजारा नचल्ने भएपछि उनीहरुले सुरु गरेको च्याउ खेतीले अहिले व्यावसायिक रूप लिएको छ ।

राक्से सिर्जनशील कृषि फर्म नै दर्ता गरेर विगत तीन वर्षदेखि च्याउखेती शुरु गरेका मैना खत्री र गीता कार्कीले च्याउ विक्री गरेर वार्षिक रु चार लाख कमाउन थालेपछि उनीहरुको सिको गरेर गाउँमा च्याउ खेतीको लहर नै चलेको छ । च्याउ बिक्री गरेर गत वर्ष म्याग्दीमा रु ६५ लाख आम्दानी भएको च्याउ कृषकले बताएका छन् ।

वैदेशिक रोजगारबाट फर्केका म्याग्दीका युवा पछिल्लो समय बाख्रापालन व्यवसायतर्फ आकर्षित भएका छन् । जसको उदाहरण हुन् बेनी नगरपालिका–२ खबरका कर्णबहादुर खड्का । नौ वर्ष अरबको खाडीमा बिताएपछि बढी पैसा कमाउने लोभमा अमेरिका जाने प्रयासमा रु ८० लाख गुमाएका खड्काले गाउँमा नै फर्केर बाख्रापालन व्यवसाय सुरु गरेका हुन् । खड्काजस्तै जिल्लाका ४० जना युवाले पछिल्लो समय बाख्रापालन व्यवसाय सुरु गरेको स्थानीय तहको कृषि शाखाले जनाएको छ । रासस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested