English

नेताहरू तल्लोस्तरको गालीगलौजमै उत्रिने, कार्यकर्ताहरू ताली पट्काउने



राजनीतिक दललाई चुनाव लागिसकेको छ । स्थानीय तह निर्वाचन लक्षित गरेर दलहरू प्रचारप्रसारलाई तीव्रता दिन थालेका छन् । वैशाख ३० गतेलाई तोकिएको निर्वाचन केन्द्रित गरेर राजनीतिक दलहरू यतिबेला गाउँघरतिर छन् ।

जति–जति निर्वाचन नजिकिँदै गइरहेको छ त्यति धेरै नै नेताहरूको सक्रियता बढिरहेको छ । नेताहरूको सक्रियता बढ्दा कार्यकर्तामा पनि स्वाभाविकले बढ्छ । नेताहरू भाषण गर्ने, कार्यकर्ता पटटट… ताली पट्काउने ।

चुनाव नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरू तल्लोस्तरको गालीगलौजमै उत्रिन थालेका छन् । त्यसमा पार्टी अध्यक्षदेखि प्रधानमन्त्री भइसकेका नेताहरू छन् । उनीहरूकै सिको गर्दै दोस्रो तथा तेस्रो दर्जाका नेताहरू पनि चुनावी एजेण्डाभन्दा गाली गलौचमा उत्रिन थालेका हुन् । त्यसरी गालीगलौज तथा तल्लोस्तरको आरोप लगाउने अग्रपङ्क्तिमा आउँछन्, एमाले अध्यक्ष केपी शर्मा ओली

उनको निशानामा अन्य पार्टीका नेताहरूदेखि लिएर निर्वाचन आयोगसम्म परेको छ । आइतबार इलाममा आयोजित कार्यक्रममा ओलीले आफ्नै पार्टीका पूर्वनेताहरू माधव नेपाल, झलनाथ खनाललाई राम्रैसँग गाली दिए । उनले भने, ‘कमसेकम एमालेले लगाइदिएको जुँगा खौरेर कुरा गर्नु नि ! कम्युनिस्टकै बर्को ओढेका अन्तरे–जन्तरेहरूले नै कम्युनिस्ट सरकार ढाल्ने काम गरे ।’

उनी यतिकैमा रोकिएनन् । एमालेले लगाइदिएको मेयर र सांसदको फुली बोकेर ठूला नगर्न पनि सचेत गराए । उनले भने, ‘विचार गर्नुहोस् त कति साह्रो लाज नभएका ? एमालेको बाकस खाली गर्छु भन्ने ? बाकस कसको खाली हुन्छ, आउँदो ३० गते थाहा हुन्छ ।’

ओलीले अहिलेको गठबन्धनलाई स्यालहरूको संज्ञा दिए । उनले भने, ‘स्यालहरूको मोर्चा कसेर हात्तीको सिकार गर्न सकिँदैन । प्रचण्डजी हामीले बनाइदिएको भाँडो हेरेर बसिराख्नु भएको छ । भाँडो भित्रको सिद्धिसक्यो त !’

उनले यतिमात्र सीमित बन्न पुगेनन् । पाँच दलीय गठबन्धनलाई गिद्धसँग तुलना गरे । ‘एउटा गिद्ध घरको धुरीमा बस्यो भने पूजाआजा गर्छन् । यहाँ त पाँच-पाँच वटा गिद्ध छन् । अनि देशमा भलो हुन्छ,’ ओलीले भने ।

नेता तथा कार्यकर्ताले ओलीलाई राजनेता तथा ‘बा’ भन्दै सम्बोधन गर्छन् । तर उनै राजनेताले गर्ने भाषण भने कुनै विषयवस्तु भन्दा गालीगलौज बाहेक केही हुँदैन । अहिले उनको निसानामा पर्ने भनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल, झलनाथ खनाललगायतका नेता हुन् ।

चुनाव नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरू तल्लोस्तरको गालीगलौजमै उत्रिन थालेका छन् । त्यसमा पार्टी अध्यक्षदेखि प्रधानमन्त्री भइसकेका नेताहरू छन् । उनीहरूकै सिको गर्दै दोस्रो तथा तेस्रो दर्जाका नेताहरू पनि चुनावी एजेण्डाभन्दा गालीगलौजमा उत्रिन थालेका हुन् ।

उखान टुक्कासहितको गालीगलौजमा खप्पिस ओली चित्त नबुझे आफ्नै पार्टीका नेताहरूमाथि पनि त्यसरी नै खनिन पुग्छन् । यतिबेला स्थानीय तह निर्वाचनको प्रचारप्रसारको हो । नेताहरू आफ्नो पार्टीको चुनावी एजेण्डा मतदातालाई बताउनुपर्नेमा अर्को पार्टीको नेताहरू गाली गर्नतिर लाग्छन् ।

यसरी एजेन्डाविहीन अवस्थामा पुगेका अर्का नेता हुन्, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । पार्टीका चुनावी एजेण्डा के हुन ? चुनावमा कसरी जाने ? भन्ने कार्यकर्तालाई सिकाउनु मतलब छैन । उनी कहिले एमाले अध्यक्ष केपी ओली त नेपाली कांग्रेसका नेताहरूलाई गालीगलौज तथा आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

केही दिनअघि सिन्धुली पुगेका प्रचण्डले आफ्नो पार्टीलाई सिंह र अरूको पार्टीलाई भेडासँग तुलना गरे । उनले भने, ‘सिंह र भेडाको कथा जस्तो । भेडासँग हिँड्दाहिँड्दा हामी पनि भ्या–भ्या गर्ने जस्तो भाछौं । हुँ त हामी सिंह गर्जिनुपर्ने हो माओवादी त, तर १०–१५ वटा भेडाहरूसँग हिँड्दा भ्या–भ्या गर्न थालियो ।’ भाषण सुनिरहेका कार्यकर्ता हुटिङ गर्दै मख्ख भए ।

प्रचण्ड यतिमा मात्र सीमित भएनन् । केही समय अगाडि प्रचण्डले ओलीलाई विदेशीले हुर्काएको एजेण्डा भएको बताए । कार्यकर्तालाई उत्तेजित पार्नकै लागि उनी यतिसम्म तल्लोस्तरमा जान्छन् कि राम्रो बोलियो वा नराम्रो हेक्कासमेत हुन्न ।

उनी मात्र नभएर नेकपा समाजवादी अध्यक्ष माधव नेपाल पनि गालीगलौजमै उत्रिन्छन् । उनको आक्रोश अरू कसैप्रति नभएर आफ्नै पूर्व पार्टी नेकपा एमालेप्रति हुन्छ । त्यसमा पनि एमाले अध्यक्ष केपी ओली लक्षित गालीगलौजमा खप्पिस हुन्छन् । कुनै ठाउँको आमसभामा सम्बोधन गर्न पुग्दा उनको मुखबाट गाली नै वाणीको रूपमा निस्किन्छ । र, कार्यकर्ता हुटिङ गर्न थाल्छन् ।

आफ्नो नेताले कस्तो खालको भाषाको प्रयोग गर्‍यो, यसरी गालीगलौजमा नउत्रिएर आफ्नो एजेण्डा तथा विषयवस्तु प्रस्तुत गर्नुपर्छ भन्न सक्ने ल्याकत पनि कार्यकर्तामा छैन ।

उनले केपी ओलीले संसद्लाई पङ्गु बनाउने, भत्तामात्र खाने र आफूहरूलाई हैरानी पार्ने काम गर्दै आएको भन्दै उनले भने, ‘त्यस्तो हो भने केपी ओलीको वितण्डालाई सामना गर्नुभन्दा संसद्लाई भंग गरिदिऊ ।’

त्यस्तै वर्तमान मन्त्री तथा समाजवादीकै नेता प्रेम आलेले त केपी ओलीलाई महाभारतको दुर्योधनसम्म भन्न भ्याए । केही दिन अगाडि एक कार्यक्रममा भने, ‘केपी ओली महाभारतको दुर्योधन हुन् । महाभारतको दुर्योधन, एमाले नेता केपी ओली । कुनै फरक छैन, दाँज्नुस् तपाईंहरू । मूल्याङ्कन गर्नुस् ।’

छोटो र मिठो बोल्ने नेताको रूपमा चिनिएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि बेला बेला व्यक्तिगत आक्षेपमै उत्रिन्छन् । केही दिन अगाडि नुवाकोटमा आयोजित कार्यक्रममा उनले एमाले नेता भीम रावलको दिमाग खुस्किएको सम्म भन्न भ्याए ।

त्यस्तै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पनि कांग्रेस हात्ती भएको र अन्य दल कुकुर भएको बताए । ‘कांग्रेस हात्ती हो । हात्ती लम्कन्छ । हात्ती लम्किँदै गर्दा कहिले कही कुकुरहरू पनि भुक्ने गर्छन्,’ उनले भने ।

यसरी भाषण गर्ने बहानामा व्यक्तिगत गालीगलौज तथा आक्षेप लगाउनु राजनीतिक धर्म होइन । यो त केबल आक्रोश मात्र हो । त्यसमा पनि उनीहरूको भाषण सुन्न भनेर बसेका कार्यकर्ता जे बोल्दा पनि हो…हो गर्दै हुटिङ गर्ने र ताली पड्काउने बाहेक केही गर्दैनन् ।

आफ्नो नेताले कस्तो खालको भाषाको प्रयोग गर्‍यो, यसरी गालीगलौजमा नउत्रिएर आफ्नो एजेण्डा तथा विषयवस्तु प्रस्तुत गर्नुपर्छ भन्न सक्ने ल्याकत पनि कार्यकर्तामा छैन ।


यो पनि….
दरबार र माओवादी कांग्रेस सिध्याउन चाहन्थे तर गिरिजाबाबु भने…

गिरिजाप्रसाद कोइराला : एक निर्भिक र निडर नेता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested