English

यु–१८ महिला साफ भारत र नेपाल भिड्दै



अघिल्ला दुई खेलमा पराजित नेपाल यू–१८ महिला साफ च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा सोमबार घरेलु टोली भारतको सामना गर्दै छ ।जमसेदपुरमा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ । प्रिती राईको कप्तानीमा रहेको नेपाल भारतलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्न चाहन्छ ।

तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न भने नेपाललाई सहज छैन । पहिलो भेटमा नेपाल भारतसँग ७-० अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपाल बंगलादेशसंग ४-२ अन्तरले पराजित भएको थियो ।

तीन राष्ट्र सहभागी डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपकोमा भारत दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट बंगलादेशको तीन अंक रहँदा नेपाल भने विना अंक पुछारमा छ ।

च्याम्पियनसिपमा नेपालले अंक जोड्न सकेको छैन । दुई खेलमा अंकविहीन नेपाल पुछारमा रहेको छ । तालिकाको शीर्ष टोलीले उपाधि जित्नेछ ।

यो पनि….
सिटी, लिभरपुल र क्रिस्टल प्यालेस सेमिफाइनलमा

पीएसजीको पोस्टमा मोनाकोको तीन गोल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested