English

संगीतको सन्देश



मीरा बाईको गायन पूर्णतया भक्तिमा डुबेको थियो । निकै सुन्दर गाइरहेकी थिइन् । श्रोताहरूले पनि रमाइलो गरे । त्यसबेला त्यहाँ एक संगीतकार पनि थिए, उनले मीराको गायनमा आपत्ति जनाए । संगीतकारले भने, ‘मीरा तिमीले रागमा गाउनुपर्छ र धुन पनि राम्रो हुनुपर्छ । के गाउँदै हुनुहुन्छ ?’

संगीतकारको कुरा सुनेर त्यहाँ बसेका सबै छक्क परे । मिराले उनको कुरा सुनिन् तर केही बोलिनन् । मीराले आँखा बन्द गरि गायन जारी राखिन् । उनको स्वर निकै मिठो थियो ।

विद्वान संगीतकारले फेरि रागमा गाउनेमा आपत्ति जनाए । अब मीराले गीत बन्द गर्दै भनिन्, ‘म आफैं रागमा गाउन चाहन्न । म मेरो गिरधर गोपालको मायामा गाउछु । रागमा गाउँछु भने सारा संसारले सुन्छ तर आभामा गाउँछु भने मेरो गिरधरले मात्र सुन्छ । जसलाई मनाउनको लागि मैले गाएको रागलाई के गर्ने ?’

स्वरमा गाउनु र मनले गाउनुमा के फरक हुन्छ भन्ने संगीतकारले मीराका शब्दहरू बुझे ।

सन्देश
यस सम्पूर्ण घटनामा भजन–कीर्तन भक्ति गर्दा भगवानसँग सम्पर्क गर्ने माध्यम हो भन्ने सन्देश प्राप्त हुन्छ । जब यो संवाद हुन्छ, यो पूर्ण एकाग्रताका साथ गर्नुपर्छ । यसमा सांसारिक कुरालाई भुलेर भगवानमा मात्रै ध्यान दिनुपर्छ तब मात्र भक्तिमा आनन्द मिल्छ ।

यो पनि…
बिहान चक्कर लागेमा के गर्ने ?
‘ऋतुहरूमा म वसन्त हुँ’
आफ्नो ज्ञानमा विश्वास राख्नुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं, युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई एकै मञ्चमा जोड्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना

काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले आफ्नो जन्मदिन काठमाडौंको तारकेश्वर नगरपालिकास्थित अपाङ्ग सेवा केन्द्रमा

धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी

काठमाडौँ : अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो। तर,

Latest










Popular
Suggested