English

संगीतको सन्देश



मीरा बाईको गायन पूर्णतया भक्तिमा डुबेको थियो । निकै सुन्दर गाइरहेकी थिइन् । श्रोताहरूले पनि रमाइलो गरे । त्यसबेला त्यहाँ एक संगीतकार पनि थिए, उनले मीराको गायनमा आपत्ति जनाए । संगीतकारले भने, ‘मीरा तिमीले रागमा गाउनुपर्छ र धुन पनि राम्रो हुनुपर्छ । के गाउँदै हुनुहुन्छ ?’

संगीतकारको कुरा सुनेर त्यहाँ बसेका सबै छक्क परे । मिराले उनको कुरा सुनिन् तर केही बोलिनन् । मीराले आँखा बन्द गरि गायन जारी राखिन् । उनको स्वर निकै मिठो थियो ।

विद्वान संगीतकारले फेरि रागमा गाउनेमा आपत्ति जनाए । अब मीराले गीत बन्द गर्दै भनिन्, ‘म आफैं रागमा गाउन चाहन्न । म मेरो गिरधर गोपालको मायामा गाउछु । रागमा गाउँछु भने सारा संसारले सुन्छ तर आभामा गाउँछु भने मेरो गिरधरले मात्र सुन्छ । जसलाई मनाउनको लागि मैले गाएको रागलाई के गर्ने ?’

स्वरमा गाउनु र मनले गाउनुमा के फरक हुन्छ भन्ने संगीतकारले मीराका शब्दहरू बुझे ।

सन्देश
यस सम्पूर्ण घटनामा भजन–कीर्तन भक्ति गर्दा भगवानसँग सम्पर्क गर्ने माध्यम हो भन्ने सन्देश प्राप्त हुन्छ । जब यो संवाद हुन्छ, यो पूर्ण एकाग्रताका साथ गर्नुपर्छ । यसमा सांसारिक कुरालाई भुलेर भगवानमा मात्रै ध्यान दिनुपर्छ तब मात्र भक्तिमा आनन्द मिल्छ ।

यो पनि…
बिहान चक्कर लागेमा के गर्ने ?
‘ऋतुहरूमा म वसन्त हुँ’
आफ्नो ज्ञानमा विश्वास राख्नुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested