English

बालबालिकाको इम्युनिटी पावर बढाउन यी कुरामा ध्यान दिनुहोस्



इम्युनिटी सिस्टमको कुरा गर्दा खाना, व्यायाम, उमेर र मानसिक तनाव लगायत धेरै कुरा जोडिन्छ । जीवनशैली तथा खानपानको प्रत्यक्ष प्रभाव इम्युनिटी सिस्टममा पर्छ ।

बालबालिकाको इम्युनिटी पावर बढाउनको लागि अभिभावकहरूले धेरै कुरामा ध्यान दिन जरुरी देखिन्छ । बालबालिकालाई कस्तो खाना दिने, कति समयको फरकमा दिने र कति मात्रामा दिने भन्ने कुरा ध्यान दिनुपर्छ ।

ठूला व्यक्तिको तुलनामा बालबालिकाको इम्युनिटी पावर कम हुन्छ । जस कारणले गर्दा बालबालिका बढी बिरामी हुने गर्छन् । बालबालिकालाई हामीले खाना त खान दिइरहेका छौं तर उनीहरूको रोग प्रतिरोधात्मक क्षमता बलियो भएको छैन भने उनीहरूको शरीरलाई चाहीने पोषण तत्त्व नपुगेको पनि हुन सक्छ ।

एकै प्रकारको खानेकुरा धेरै मात्रामा दिनुभन्दा पनि धेरै प्रकारका खानेकुरालाई समेट्न सकियो भने बालबालिकाको शरीरलाई चाहीने पोषण पुग्न सक्छ । शहर बजारमा बस्ने बालाबालीको रोग प्रतिरोधात्मक क्षमता गाउँको बालबालिकाको भन्दा कमजोर हुन सक्छ । किनकि शहरका बालबालिकालाई धेरै जंकफुड र मैदा जस्ता एउटा खाद्य वस्तुको प्रयोग गरेर धेरै भेराईटी बनाएको खानेकुरा दिन्छौं ।

इम्युनिटी पावर बढाउने उपाय
बालबालिकाको इम्युनिटी बलियो बनाउनको लागि बच्चाले ६ महिनासम्म खाएको आमाको दूधको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । यो अवधिमा आमाको दूधको साटो प्रशेस्ड दूध पिएको छ भने उसको इम्युनिटी पावर आमाको दूध पिएको बच्चाको तुलनामा कम हुन्छ ।

त्यसैले ६ महिनासम्मको शिशुलाई आमाको दूध मात्र दिनुपर्छ । शिशुलाई चाहिने सम्पूर्ण पोषण तत्त्व र रोगसँग लड्ने क्षमता आमाको दूधमा नै हुन्छ । स्तनपान ले आमालाई स्तन क्यान्सरको जोखिमबाट बचाउनुको साथै तौल नियन्त्रण गर्न पनि मदत गर्छ ।

विश्व स्वास्थ्य सङ्गठनले खानालाई अन्न तथा कन्दमूल, गेडागुडी, दूध तथा दुग्ध पदार्थ, माछा र मासु, अन्डा, भिटामिन ‘ए’ पाइने पहेँला फलफूल र हरिया सागपात, अन्य फलफूल तथा तरकारी गरी सात समूहमा विभाजन गरेको छ ।

हरेक छाकमा यी सात समुहको खाना मध्ये कुनै चार समूहका खाना खाँदा आवश्यक पोषण पूर्ति हुने सुझाएको छ । त्यसैले बच्चाको दैनिक खानामा कम्तीमा पनि चार समूह समावेश हुनु पर्छ ।

खानाको प्रकारसँगै खानाको मात्रामा पनि ध्यान दिन जरुरी छ । त्यसैले ६ देखि ९ महिनासम्मका बालबालिकालाई आमाको दूधका साथै दिनमा कम्तिमा ३ पटक थप खाना खुवाउनु पर्छ । ९ देखि १२ महिनाको बालबालिकालाई आमाको दूधका साथै दिनमा कम्तिमा ३ पटक पूरक वा थप खाना र एकपटक खाजा खुवाउनु पर्दछ । खाजामा फलफूल र अण्डा जस्ता खानेकुरालाई समावेश गर्नु पर्दछ ।

१२ देखि २४ महिनाको बालबालिकालाई आमाको दूधका साथै दिनमा कम्तिमा ३ पटक पूरक खाना र २ पटक खाजा खुवाउनु पर्दछ । त्यसको साथै बालबालीकाको दैनिक खानामा प्रसस्त मात्रामा फलफुल तथा हरियो सागसब्जि पनि समावेस गर्नु पर्छ ।

ध्यान दिनुपर्ने कुराहरू

आजभोलि अभिभावकले बालबालिकालाई खाजाको रूपमा धेरै जङ्क फुडहरू दिइरहनु भएको छ जसले बालबालिकाको इम्युनिटी सिस्टममा प्रत्यक्ष असर गरिरहेको हुन्छ । त्यसैले बालबालिकालाई जंकफुडको साटो खाजामा फलफूल तथा घरमा बनाएको खाजा दिनुपर्छ ।

बालबालिकालाई पोषणयुक्त खानेकुरा मात्र दिएर हुँदैन उनीहरूलाई उचित मात्रामा शारीरिक गतिविधिमा संलग्न पनि गराउनु पर्छ । उनीहरूको मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ । यसका साथ साथै बालबालीकालाई उमेरअनुसार सम्पूर्ण खोप पनि दिनु जरुरी हुन्छ ।

यो पनि…
जान्नुहोस् बिहान उठ्ने सही समय र यसका फाइदाहरू
चिन्ता कम गर्न व्यायाम प्रभावकारी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested