English

आखिर कसरी भयो आचार्य चाणक्यको निधन ?



प्राचीन भारतवर्षमा यस्ता व्यक्ति जन्मिएका थिए, जसलाई आज पनि सम्झिने गरिन्छ । ति मध्येकै एक हुन् आचार्य चाणक्य । जसलाई कौटिल्यका नामले पनि चिन्ने गरिन्छ । उनी तक्षशिला विश्वविद्यालयका आचार्य थिए । उनले विभिन्न ग्रन्थको रचना गरेका छन् । जसमा अर्थशास्त्र प्रमुख मानिन्छ । अर्थशास्त्रलाई मौर्यकालीन भारतीय समाजको ऐना मानिन्छ ।

आचार्य चाणक्य

यो बाहेक पनि उनले गरेका कामले उनलाई संसारभर चिनिन्छ । उनको जन्म ईसा पूर्व ३७५ मा भएको थियो भने मृत्यु ईसा पूर्व २८३ मा भएको थियो । तर उनको मृत्यु कसरी भएको थियो, यो अहिले पनि रहस्यमय नै छ । चौथो शताब्दीमा रचित संस्कृतको ऐतिहासिक नाटक मुद्राराक्षसका अनुसार चाणक्यको वास्तबिक नाम विष्णगुप्त थियो । यो नाम उनले स्वयं राखेका थिए । यसको पछाडि एउटा रहस्य पनि छ ।

आचार्य चाणक्य

मगधका राजा धनानन्दद्वारा राजद्रोहको अपराधमा चाणक्यका पिता चणकको हत्या गरिदिएपछि उनले सैनिकबाट बच्नको लागि आफ्नो नाम फेरेर विष्णगुप्त राखेका थिए । पछि उनले आफ्नो पिताको हत्याको बदला पनि लिए र राजा धनानन्दलाई सत्ताच्युत गरे । उसको स्थानमा उनले चन्द्रगुप्त मौर्यलाई राजा बनाए । उनले नन्द वंशको विनाश गरे र मौर्य वंशको स्थापना गरे । यसको जानकारी विष्णुपुराणमा पनि गरिएको छ ।

आचार्य चाणक्य


चाणक्यको नाम, जन्मतिथि, जन्मस्थान र उनको मृत्यु चार वटै कुरा विवादमा छन् । तर सबैभन्दा ठूलो रहस्य उनको मृत्युलाई लएर छ । उनको मृत्यको सन्दर्भमा केही कहानी प्रचलित छन् । तर अचम्मित बनाउने सत्य के हो भनेँ उनको मृत्यु कसरी कसैलाई थाहा छैन । पहिलो कहानीका अनुसार एकदिन चाणक्य आफ्नो रथमा चढेर मगधबाट टाढा जंगलमा गएका थिए र त्यसपछि उनी कहिल्यै फर्किएनन् ।

आचार्य चाणक्य

अर्को कहानीमा उनलाई मगधकै रानी हेलेनाले बिष दिएर मारेकी थिइन् । साथै अर्को कहानीमा राजा बिन्दुसारका मन्त्री सुबन्धुले उनलाई बिष दिलएर मारेका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested