English

रूस–युक्रेन द्वन्द्व : यी हुन् पछिल्ला घटना



रूस–युक्रेन द्वन्द्व सुरु भएको आज १९औं दिन पुगेको छ । द्वन्द्वका कारण युक्रेन नराम्रोसँग प्रभावित भएको छ । युक्रेनीहरू सुरक्षित स्थान खोज्दै छिमेकी मुलुकहरू प्रवेश गरेका छन् ।

अहिलेसम्म द्वन्द्व रोक्ने कुनै प्रयास भइरहेको छैन । तेस्रो पटकसम्मको शान्तिवार्ता विनानिष्कर्ष टुंगिएको छ । रूसविरुद्ध लड्न युक्रेनले अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ भने रूस एक्लै लड्ने बताइरहेको छ । दुई देशबीचको द्वन्द्व यतिखेर के भइरहेको छ ? बीबीसीका अनुसार यी हुन् पछिल्ला घटना :

–युक्रेनको आकाशलाई उडान निषेधित क्षेत्र घोषणा गर्न राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटोसमक्ष पुन: आग्रह गरेका छन् ।

–रूसले चीनसँग सैन्य तथा आर्थिक सहायता मागेको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन् ।

–पश्चिमा प्रतिबन्ध छल्न रूसलाई सहयोग गरे चीनले परिणाम भोग्नुपर्ने अमेरिकाले चेतावनी दिएको छ ।

–निरन्तरको बमबारी र रूसी घेराबन्दीमा परेको युक्रेनी बन्दरगाह शहर मारिओपोलमा लाखौँ मानिसहरूले खानेकुरा, खानेपानी र अत्यावश्यक औषधिको अभाव झेलिरहेको रेड क्रसको भनाइ ।

–युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युक्रेनी तथा रूसी प्रतिनिधिहरूबीच जारी वार्ता जटिल एवं कठिन भएको बताएका छन् ।

–सर्बियाको राजधानी बेलग्रेडमा पुटिन समर्थक मानिसहरूले जुलुस निकालेका छन् ।

–ईयूले एउटा युक्रेनी सहरबाट त्यहाँका मेयरलाई रूसी फौजले नियन्त्रणमा लिएको घटनाको निन्दा गरेको छ ।

–रूसले इन्स्ट्राग्रामलाई आफ्नो देशमा चल्न नमिल्ने बनाएको विवरणहरू आएका छन् ।

–चीनका एक अधिकारीले आफूहरू लडाइँ नचर्कोस् भन्ने पक्षमा रहेको बताएका छन् ।

युक्रेनी सेनाको मिसाइल प्रहारमा २० सर्वसाधारको मृत्युः रूस

युक्रेनी सेनाको मिसाइल प्रहारमा २० सर्वसाधारणको मृत्यु भएको रूसी सेनाले दाबी गरेको छ ।

रूसी रक्षा मन्त्रालयका प्रवत्ता जनरल इगोर कोनासेन्कोभले पूर्वी सहर दोनेत्सेको मध्यभागमा युक्रेनी सेनाले सोभियत निर्मित टोच्का यु मिसाइल प्रहार गर्दा उनीहरूको मृत्यु भएको दाबी गरे । दोनेत्सक रूसी समर्थक बिखन्डनकारीको पकड रहेको क्षेत्र हो ।

युक्रेनी हमलामा बालबालिकासहित अन्य २८ सर्वसाधारण गम्भीर घाइते भएको जनरल कोनासेन्कोभले बताएका छन् । युक्रेनी फौजको नियन्त्रणमा रहेको उत्तरपश्चिम क्षेत्रबाट दोनेत्सकमा मिसाइल प्रहार भएको उनले दाबी गरेका छन् ।

सैन्य सुविधा नभएको दोनेत्सकको क्षेत्रमा भएको गोलाबारी र बम हमला युद्ध अपराध भएको उनले बताए । यसबारे युक्रेनले प्रतिकृया दिएको छैन ।

८५ बालबालिकाको मृत्यु, दर्जनौं घाइते

युक्रेनमाथिको रूसी हमलामा अहिलेसम्म ८५ बलाबालिको मृत्यु भएको छ । युद्धका कारण दर्जनौँ बालबालिका घाइते भएका छन् । ‘रूसी संघको आक्रमक सैन्य हमलामा १३ मार्चसम्म ८५ बालबालिका मारिएका छन् भने १०० जना घाइते भएका छन्’ युक्रेनको महान्यायधिवत्ताको कार्यलयले भनेको छ ।

मारिने र घाइते हुनेमध्ये अधिकांश किभ, खार्किभ, दोनेत्सक, सुमी, खेर्सन, माइकोलिभ र जाइटोमाइर क्षेत्रका छन् । पछिल्लो घटनामा युद्धग्रस्त क्षेत्रबाट सुरक्षित क्षेत्रतर्फ जाने क्रममा सर्वसाधारण सवार एउटा कारमा ११ मार्चमा रूसी सेनाले गरेको गोलाबारीमा एक बालक मारिएका थिए ।

रूसी हमलामा अहिलेसम्म ३६९ ओटा शैक्षिक संस्थामा क्षति पुगेको ५७ ओटा पूर्णरूपमा ध्वस्त भएको प्राप्त विवरणहरूमा जनाइएको छ । यसैबीच सोमबार रूसी सेनाले पोल्यान्डसँगको सीमामा रहेको एउटा युक्रेनी आधारमा हमला गर्दा ३५ जनाको मृत्यु र १३० जना घाइते भएका थिए ।

यो पनि…
रूसले मद्दत मागेको छैन : चीन
रूसबारे नेटो के भन्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested