वित्तीय साक्षरता अभिवृद्धि गराउन कृषि कर्जा मेला आयोजना गरिने
नेपालमा पहिलोपटक कृषि कर्जा मेला आयोजना गरिने भएको छ । कृषि कर्जा सम्बन्धमा कृषकहरूमा कृषि वित्तीय साक्षरता अभिवृद्धि गराउने उदेश्यले मेला आयोजना गर्न लागिएको सोमबार पत्रकारसम्मेलनमार्फत आयोजकले जनाएको छ । मेला आयोजना यहि चैत ९ देखि १२ गतेसम्म चितवनमा गरिनेछ ।
मेलामा ‘कृषिमा वित्तीय पहुँचको राष्ट्रिय संवाद’ का साथै देश भरीबाट कृषि उद्यमीहरूको सहभागीतामा कार्यशालासमेत आयोजना गरिने आयोजकको भनाइ छ । नेपालको भविष्य कृषि र पर्यटनमा रहेकाले यसको विकासका लागि प्रविधिसहित लगानी बढाउनुपर्ने नबिल बैंकका सिइओ अनिल केशरी शाहले बताए । ‘विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउन प्रविधिमैत्री कृषिमा जोड दिनुपर्छ’ उनले भने, ‘कृषिमा लगानी मात्र नभई प्रविधिको पनि खाँचो छ ।’
कृषि क्षेत्र सबल बनाउनका लागि पूँजी लगानीले मात्रै नभई यससँग सम्बन्धित हरेक पक्ष उतिकै राम्रो भूमिका खेल्नु पर्ने नेपाल बैंकर्स संघका अध्यक्ष बाबु काजी थापाले बताए । ‘कृषिसँग सम्बन्धित हरेक पक्षले आ-आफ्नो भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने, ‘जसका लागि हामीले पहिलो चरणको कार्य थलानी गरेका छौँ, यस मेलाले किसान र कृषि विज्ञहरूको दूरीलाई हटाउने विश्वास लिएका छौं ।’

विदेशमा सिकेका सीप नेपालमा प्रयोग गर्न चाहने युवालाई प्रथामिकतामा राखी कृषि कर्जा प्रवाह गर्नु पर्ने नेपाल कृषि व्यवासायी संघका अध्यक्ष खोजराज कट्वालले बताए । बैंकले कृषि ऋण उपलब्ध गराउँदा उत्पादन हुने समयसम्म पर्खनु पर्ने आग्रह गर्दै भने, ‘कर्जा उपलब्ध गराउँदा भौतिक सम्पत्तिलाई मात्रै प्रथामिता नदिई बौद्धिक सम्पतिलाई पनि दिनुपर्छ ।’
आर एण्ड डी इनोभेसन प्रालि र नेपाल कृषि मेशिनरी व्यवसायी संघ उक्त मेलाको आयोजक हुन् । मुख्य प्रायोजक नबिल बैंक र कृषि विकास बैंक रहेका छन् ।
यो पनि..
अन्तर्राष्ट्रिय उडानका लागि तयार छ, गौतमबुद्ध विमानस्थल









Nevilleaburf
Will be coming back to this for sure, too much good content to absorb in one sitting, and a stop at mavquro only added more pages I want to dig through, this site is going onto my regular rotation list because it consistently delivers something worth the visit lately rather than empty filler.