English

वसन्तलाई ऋतुको राजा भन्नुको अर्थ



चैत १ गतेबाट वसन्त ऋतु सुरु हुन्छ । ज्योतिष तथा धार्मिक ग्रन्थका विज्ञहरूका अनुसार वैदिक कालमा यो ऋतुलाई नयाँ वर्षको सुरुवात मानिन्थ्यो । वसन्त ऋतुलाई सबैभन्दा विशेष बताउँदै श्रीकृष्णले ‘म ऋतुहरूको वसन्त हुँ,’ भनेको श्रीमद्भागवत महापुराणमा उल्लेख छ ।

राशि परिवर्तनसँगै ऋतुहरु परिवर्तन हुन्छ । ज्योतिषशास्त्रको सबैभन्दा महत्त्वपूर्ण ग्रन्थ सूर्यसिद्धान्तले सूर्य मीन र मेष राशिमा हुँदा वसन्त ऋतु सुरु हुने उल्लेख गरेको छ ।

श्रीमद्भागवतमा वसन्त
वसन्त ऋतुलाई ऋतुको राजा भनिन्छ किनभने यस मौसममा अन्य मौसमको तुलनामा पृथ्वीको उर्वरा शक्ति अर्थात् उत्पादन क्षमता बढ्छ । यही कारणले गीतामा भगवान् कृष्णले आफूलाई ऋतुको वसन्त भनेका छन् । उनी सबै देवताहरूमा परम शक्ति हुन् । त्यसैगरी वसन्त ऋतु पनि सबै ऋतुहरूमा श्रेष्ठ हो ।

उत्साह र सकारात्मक मौसम
वसन्तलाई ऋतुको राजा भन्नुको पछाडि धेरै कारण छन् । यस ऋतुको प्रारम्भमा सूर्य आफ्नो अनुकूल र उच्च राशिअर्थात मीन र मेष राशिमा रहन्छ । जसले आत्मविश्वास बढाउँछ । यस समयमा मौसम न धेरै चिसो हुन्छ न धेरै तातो । यस समयमा मौसम रमाइलो हुन्छ । जसले उत्साह र सकारात्मकता बढाउँछ ।

यस मौसममा नयाँ बाली आएपछि हर्षोल्लासका साथ चाडपर्व मनाइन्छ । यो मौसममा मानिस र जनावरको प्रजनन् शक्ति बढ्छ । त्यसैले यसलाई सृष्टिको ऋतु पनि भनिन्छ । वैदिक कालको पहिलो ऋतु वसन्त थियो भन्ने मान्यता छ ।

उपवासको परम्परा
जब मौसम परिवर्तन हुन्छ तब मानसिक र शारीरिक परिवर्तनहरू हुन्छन् । जसका कारण शरीरमा त्रिदोष बढ्छ अर्थात् वात, पित्त र कफको असन्तुलनले रोगको सम्भावना बढाउँछ । यसबाट बच्न व्रत बस्ने चलन छ । त्यसैले वसन्त ऋतुमा ठूला व्रत र पर्वहरूमा व्रत बस्ने गरिन्छ । जसले गर्दा शरीरमा हर्मोन र अन्य चीजहरूको सन्तुलन रहन्छ । यसले गर्दा रोगसँग लड्ने शक्ति र उमेर बढ्छ ।
यो पनि…
आफ्नो ज्ञानमा विश्वास राख्नुहोस्
शिवको तपस्या तोड्न कामदेवले के गरे ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,