English

प्रकाश सपूतको ‘पिर’ गीत विवादमा, युट्युबबाट तत्काल हटाउन माओवादी नेताहरूको आग्रह



चर्चित गायक प्रकाश सपूतको नयाँ गीत ‘पिर’ विवादमा परेको छ । शुक्रबार युट्युबमार्फत सार्वजनिक भएको गीत विवादमा परेको हो । तत्कालीन नेकपा माओवादीले सुरु गरेको सशस्त्र जनयुद्धको विषय आधारित रहेर निर्माण गरिएको गीतलाई हाल विभिन्न टुक्रामा विभाजित माओवादीहरूले आपत्ति जनाएका छन् ।

परिवर्तनका लागि भनिएको जनयुद्धले वास्तविक जनताको जीवनमा कुनै परिवर्तन ल्याउन नसकेको र रोजगारीका लागि विदेश जानुपर्ने अवस्था गीतमा देखाइएको छ । १६ मिनेट २५ सेकेन्डको उक्त गीतको अन्त्यमा रुमालमा देशको माटो पोको पारेर परदेश लागेको देखाइएको छ ।

उक्त विषयवस्तु समेटिएको गीतले यतिखेर तरंग ल्याएको छ । गीतका विषयमा सामाजिक सञ्जालमा पक्ष र विपक्षमा टिकाटिप्पणी भइरहेका छन् । कतिपयले त ‘पिर’ गीतले आगामी निर्वाचनमा माओवादीलाई धक्का पुग्नेसमेत बताएका छन् ।

वाइसीएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा‘ले प्रकाश सपूतको ‘पिर’ गीतले जनयुद्ध लड्ने महिला छापामारको अभावलाई ‘देह’ व्यापारसँग चित्रण गर्नु आपत्तिजनक मात्र नभइ दण्डनीय भएको टिप्पणी गरेका छन् ।

‘माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले ‘देह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन् त्यो आपत्तिजनक मात्रै होइन दण्डनीय छ,’ दीपशिखाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सपूतको गीत ‘पिर’ प्रति गम्भीर आपत्ति जनाउँदै गीत युट्युबबाट तत्काल हटाउनुपर्ने बताएकी छिन् । उनी भन्छिन्, ‘जनयुद्धमा सहभागी महिलाहरू शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरि प्रकाश सपूतजीले युट्युबमा अपलोड गरिएको ‘पिर’ नामक भिडियो आपत्तिजनक र निन्दनीय छ ।’

अध्यक्ष सिंहले जनयुद्धकै कारण महिलाले स्वतन्त्रता, न्याय र समानता प्राप्त गरेको र राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागीता सुनिश्चित भएको गायत सपूतलाई बुझाइरहनु नपर्ने बताइन् ।

अध्यक्ष सिंहले प्रकाश सपूतले सार्वजनिक माफी माग्दै गीत तत्काल युट्युबबाट नहटाए गैर–जिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिएकी छिन् । उनले भनिन्, ‘जनयुद्धमा सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भोगेको जातिय विभेदबिरुद्ध पनि लडेका थिए भन्ने कुरा यति चाँडै भुल्नुभयो । तिनै दिदिबहिनीहरू माथि अपमान हुने गरि बनाइएको तपाईंको ‘पिर’ नामक भिडियो सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट नहटाइए तपाईंको यस्तो गैर–जिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु ।’

माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले गीत आफूले नसुनेको बताउँदै हेरेर/सुनेर प्रतिक्रिया जनाउने जानकारी दिए । ‘गीतको विषयवस्तुको विषयमा साथीहरूबाट केही टिकाटिप्पणी आएको सुनेको छु । गीत मैले हेरेको/सुनेको छैन । हेरेर टिप्पणी गर्छु ,’मेरो लाइफस्टाइलसँग भने ।

भिडियोमा सपूतसँगै नायिका सुरक्षा पन्त देखिएकी छिन् । आरन प्रोडक्सनले उत्पादन गरेको गीतमा सपूतको आवाज छ भने सम्झना भण्डारीले पनि स्वर भरेकी छिन् । गीतमा सपूतको नै शब्द र संगीत रहेको छ । भिडियोको कथा तथा निर्देशन पनि गायक प्रकाश सपूतले गरेका छन् ।

यो पनि…
प्रदेश १ नामाकरणमा यस कारण ढिलाइ

निर्वाचन आयोगले तोक्यो उम्मेदवारको खर्च सीमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

Latest










Popular
Suggested