English

बेरोजगार व्यक्तिको सूचीमा यसरी टिपाउन सकिन्छ नाम



नेपाल सरकारले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दर्ता गर्न आह्वान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगत प्रधानमन्त्री रोजगार कार्यक्रमले एक सूचना जारी गर्दै बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन आह्वान गरेको हो ।

‘प्रत्येक नेपाली नागरिकलाई रोजगारीको हक प्रत्याभूति गराउन तोकिएको मापदण्ड पुरा गरेका नेपाली नागरिकले रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा फागुन महिना भरी आ.व. २०७९/०८० को लागि निवेदन दिन हुन यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा भनिएको छ ।

बेरोजगार व्यक्ति सूचीकरणका लागि १८ देखि ५९ वर्ष उमेर समूहको हुनु पर्ने, निवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारमा संलग्न नभएको हुनुपर्ने, स्वरोजगारमा संलग्न व्यक्तिको हकमा निवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी बापत प्राप्त गर्ने नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक बराबरको आय रु. ५७ हजार ७०० भन्दा कम आय भएको हुनुपर्ने बताइएको छ ।

रितपूर्वक प्राप्त आवेदनलाई वडा कार्यालयले छानबिन गरी बेरोजगार ठहर हुने सबै मापदण्ड पूरा गरेको प्रमाणित गर्नुपर्नेछ । त्यस्तै प्राप्त प्रमाणित निवेदनलाई स्थानीय निर्देशक समितिले थप छानबिन गरी बेरोजगार व्यक्तिको अन्तिम सूची गाउँ कार्यपालिका/नगर कार्यपालिकाबाट स्वीकृतिको लागि सिफारिस गर्नु पर्ने सूचनामा उल्लेख छ ।

कार्यपालिकाले आवश्यक भए थप परिमार्जन समेत गरी बेरोजगार व्यक्तिको अन्तिम सूची स्वीकृत गर्नु पर्ने बताइएको छ ।

यो पनि
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६० योजना छनोट
यस्तो छ आर्थिक वर्ष २०७८–०७९ को बजेट, कुन क्षेत्रमा कति विनियोजन ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested