English

रूसले आक्रमण गर्‍यो युक्रेनका यी शहर



रूसी सेनाले शुक्रबार युक्रेनको दुई फरक दिशामा रहेका शहरमा आक्रमण गरेको छ । युक्रेनी सञ्चारमाध्यमहरूले उत्तर–पश्चिममा रहेको लुट्स र मध्य–पूर्वमा रहेको नीप्रो शहरमा विस्फोटहरू भएको बताएका छन् ।

बीबीसीका अनुसार यी दुवै शहरमा यसअघि आक्रमण भएको थिएन । लुट्समा गरिएको आक्रमणमा त्यहाँको वायुसेनाको विमानस्थल र लडाकु विमान मर्मत गर्ने कारखानामा भएको बताइएको छ ।

लुट्सका नगरप्रमुखले विस्फोट भएको पुष्टि गर्दै सबैलाई सुरक्षित स्थानमा बस्न फेसबुकमा लेखेका छन् । उनले नागरिकलाई आफ्नो तस्बिर, ठेगाना र अन्य विवरण प्रकाशन नगर्न अनुरोध गरेका छन् । नीप्रोमा तीन स्थानमा विस्फोट भएको बताइएको छ । नीप्रोमा विस्फोटका तस्बिरहरू युक्रेनले सार्वजनिक गरेको छ ।

यसैबीच रूसी रक्षा मन्त्रालयले लुट्स र अर्को पश्चिमी शहर इभानो–फ्रान्किभिस्कमाथि आक्रमण गरेको पुष्टि गरेको रूसी सञ्चारमाध्यमहरूले जनाएका छन् । इभानो–फ्रान्किभिस्कका नगरप्रमुखले फेसबुक पोस्टमा आक्रमणको पुष्टि गरेका छन् । उनले शत्रूले हमला गरेको लेखेका छन् ।

यो पनि…
युक्रेनको बाल अस्पताल ध्वस्त

‘पुटिन आक्रोशित र हताश छन्’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

Latest










Popular
Suggested