English

बोटलर्स नेपालविरुद्ध कर छली मुद्दा

७ अर्ब ४३ करोड बिगो दाबी


झन्डै चार अर्ब कर छली गरेको आरोपमा बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल कम्पनीविरुद्ध मुद्दा दायर गरिएको छ ।

राजस्व अनुसन्धान विभागले ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४ सय ११ रुपैयाँ राजस्व छली गरेको अभियोगमा आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

कोकाकोला साब्को र युरोपियन रिफ्रेसमेन्टबीच सेयर कारोबार हुँदाको समयमा बोटलर्स नेपाल लिमिटिडको प्रतिकित्ता सेयरको स्वतन्त्र बजार मूल्य ३ हजार ८ सय ८३ थियो ।

सोमा कोकाकोला साब्कोको प्रतिकित्ता सेयर खरिद मूल्य ५ सय ३६ लाई लागतको रूपमा घटाउँदा हुन आउने रकम ३ हजार ३ सय ४७ प्रतिकित्ता पुँजीगत लाभ हुने अनुसन्धानबाट पुष्टि भएको विभागले जनाएको छ ।

सोही आधारमा कोकाकोला साब्को एसियाको बोटलर्स नेपालमा रहेको सेयर संख्या १४ लाख ८४ हजार ३ सय १ को बिक्रीबापत जम्मा चार अर्ब ९६ करोड ७९ लाख ५५ हजार ४ सय ४७ पुँजीगत लाभ कायम हुने विभागले जनाएको छ ।

राजस्व चुहावट–अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा २ को उपदफा ‘छ’ को १ बमोजिम बिगो बराबरको राजस्व चुहावट भएको अनुसन्धानबाट पुष्टि भएको भन्दै विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

विभागले बालाजु औद्योगिक क्षेत्रस्थित बोटलर्स नेपाल लिमिटेड, कम्पनीका सञ्चालक समितिमा रहेका रहेका संयुक्त अरब इमिरेट्सको दुबईस्थित कम्पनी ‘कोकाकोला साउथ वेस्ट होल्डिङ लिमिटेड’को कोकाकोला साब्को एसियाको तर्फबाट प्रतिनिधित्व गर्ने चेयरम्यान शुक्ला वासन लगायतका १७ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

विभागले उनीहरूविरुद्ध ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ बिगो र सजायको मागदाबी गरेको छ । साथै, अधिकारीहरूलाई समेत राजस्व चुहावट –अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ४ को ‘९’ र दफा २३ को ३ को कसुरमा ऐनको दफा २३ को ३ बमोजिम सजाय हुन मागदाबीसहित अभियोगपत्र दायर गरेको छ ।

राजस्व अनुसन्धान विभागको विज्ञप्ति 

यो पनि…
संघीयता बलियो बनाउने आधार : उत्पादन र उद्यमशीलतामा प्रदेशको लगानी
रसुवागढी नाकाबाट आयात बढाउन चीननेपाल सहमत



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested