English

सामाजिक कार्यअन्तर्गत वी विल राइजको सहयोग



वी विल राइज फाउन्डेसनले गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङलाई दुई हजार थान ‘कोरोना र्यापिड टेस्ट किट’ हस्तान्तरण गरेको छ । प्रतिगोटा हङकङ डलर ५० पर्ने करिब १६ लाख नेपाली रुपैयाँको उक्त टेस्ट किट एनआरएनएले नेपाली समुदायलाई वितरण गर्नेछ ।

हङकङस्थित एनआरएनए कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा फाउन्डेसनका निर्देशक सुरज गुरुङले एनआरएनएनए, हङकङका अध्यक्ष गोकर्ण ढकाललाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

हङकङ तेक्वान्दो एसोसिएनका अध्यक्ष एन्थोनी सेक होङ चुङको सहयोग र फाउन्डेसनको पहलमा उक्त किट प्राप्त भएको हो । प्राप्त किट आइतबारबाट वितरण गरिने अध्यक्ष ढकालले बताए ।

किट अत्यावश्यक भएका व्यक्तिले एनआरएनए, हङकङको ह्वाट्सएप हटलाइन ००८५२–९१९६९११७ मा मेसेज गर्नुपर्ने जनाइएको छ । प्रतिपरिवारले चार वटाका दरले किट प्राप्त गर्नेछन् ।

यसअघि, पनि एनआरएनएले २२ सय थान टेस्ट किट नेपाली समुदायलाई वितरण गरेको निवर्तमान अध्यक्ष टिका गुरुङले बताइन् । व्यापक कोरोना कहरका कारण यतिबेला किटको अत्यधिक माग रहेको उनले जनाइन् ।

कोरोना महामारीले आक्रान्त हङकङमा पछिल्लो समय ५ लाख ७६ हजार संक्रमित पुगेका छन् । कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ५० पुगेको छ । कोरोना महामारीको पीडादायी अवस्थाबाट ग्रुजिरहेको हङकङका नेपाली समुदायलाई यसबाट सचेत रहन सहयोग पुगोस् भन्ने हेतुका साथ पहल गरिएको फाउन्डेसनका संस्थापक अध्यक्ष तुलसी गुरुङले बताए ।

गतवर्ष भदौमा कोरोना कहरका बीच फाउन्डेसनले नेपाल सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोगस्वरूप हस्तान्तरण गरेको थियो । हङकङस्थित सिल्क रोड इन्टरनेसनल फाउन्डेसनको सहयोग र वी विल राइजको सहकार्यमा करिब ५० लाख रुपैयाँ बराबरको उक्त सामग्री प्रदान गरिएको हो ।

२०७२ को महाभूकम्पपछि स्थापित फाउन्डेसनले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । सिन्धुपाल्चोकको कर्थलीमा भूकम्पले ध्वस्त पारेका घर र विद्यालयको पुनर्निर्माण गर्दै सामाजिक कार्यको प्रारम्भ गरेको यो संस्थाले पर्यटन प्रवद्र्धनका निम्ति देश तथा विदेशमा विभिन्न कार्यक्रम गर्दै आएको छ । ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्ज, हङकङ र बेलायतमा हुने ‘हाइक फर नेपाल’ लगायतका कार्यक्रम पनि फाउन्डेसनले नै आयोजना गरेको थियो ।

तस्बिरहरू : जगत अम्बु गुरुङ/हङकङ

यो पनि…
सगरमाथा चढ्न वि विल राइजद्वारा आङरिताका नातिलाई आर्थिक सहयोग
राइज मिडियाका अध्यक्ष गुरुङ ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट सम्मानित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested