English

प्रीतिको नेतृत्वमा साफ महिला च्याम्पियनसिप टोलीको घोषणा



भारतमा हुने यु-१८ साफ महिला च्याम्पियनसिपको लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले २३ सदस्यीय टोलीको घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक दर्शन भक्तराज लावतीले बिहीबार १-११ चैतसम्म भारतको जम्सेदपुरमा हुने प्रतियोगिताको लागि टोलीको घोषणा भएको हो । नेपाली टोलीको कप्तानी राष्ट्रिय टोलीकी सदस्य समेत रहेकी प्रीति राईले गर्नेछिन् । 

राउन्ड रोविन पद्धतिमा हुने प्रतियोगितामा आयोजक भारतसहित नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले आफ्नो पहिलो खेलमा १ चैतमा आयोजक टोली भारतको सामना गर्नेछ । खेल नेपाली समयअनुसार साँझ ७ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा ३ चैतमा बंगलादेश, ५ गते भारत र  ६ गते बंगलादेशको सामना गर्नेछ । प्रतियोगितामा सर्वाधिक अंक जोड्ने टोलीले साफ यु-१८ महिला च्याम्पियनसिपको उपाधि जित्नेछ ।

यु १८ राष्ट्रिय नेपाली टोलीः

सावित्री किसन, लीला जोशी, पूजा थापा, सविना चौधरी, मञ्जुकुमारी खड्का, प्रतीक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यस्माली मगर, दीपा शाही, हिमा रावत, सरस्वती हमाल, प्रीति राई (कप्तान), सुनकला राई, अञ्जली मचामसी, सारा बज्रचार्य, जेनिफर राना, सरिस्मा थापा, सदिपा बोलन, कुशुम खतिवडा, अमिशा कार्की, मनमाया दमाई र गरिमा राई

यो पनि
सुमनले यसकारण छाडे नेपाल पुलिस क्लब
क्यानद्वारा क्रिकेट टोलीको घोषणा [नाम]




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested