English

स्थानीय तहमा महिला : संख्या कम, काममा अब्बल



गत स्थानीय तहको निर्वाचनमा लुम्बनी प्रदेशका स्थानीय तहहरूमा नौजना महिलाले पालिका प्रमुखमा उम्मेदवारी दिएका थिए । तर पूर्वी रूकुमको सिस्ने गाउँपालिकाकी कुमारी बराल गौतमले मात्रै चुनाव जितिन् । बाँकी पालिकाका उम्मेदवार पराजित भए । लुम्बिनी प्रदेशमा १०९ स्थानीय तह छन् ।

गाउँपालिकाको नेतृत्व गरिरहेकी बरालले साढे चार वर्षेमा नयाँ-नयाँ योजना मात्र ल्याएकी छैनन्, आफूलाई अब्बल नेतृत्वको रूपमा स्थापित गरेकी छिन् । उनले गत स्थानीय तहको निर्वाचनमा पुरूष प्रतिस्पर्धीलाई हराएर नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाको नेतृत्व गरेकी थिइन् । बाँकी १०८ पालिकाको नेतृत्वमा भने पुरूषनै छन् ।

कानुन निर्माणमा पहिलो

कुमारीले नेतृत्व गरेको गाउँपालिकाले सिंगो प्रदेशमा सबैभन्दा पहिले कानुन निर्माण गरेको थियो । साथै विकास निर्माणका लागि गुरुयोजना बनाएर काम गर्ने पहिलो पालिका पनि यही थियो । ‘अहिले पनि महिलाको काम र क्षमतालाई नपत्याउने प्रवृत्ति छ,’ उनले भनिन् । साढे चार वर्ष आफ्ना लागि नयाँ भए पनि क्षमता विकासमा सघाउ पुर्‍याएको उनको भनाइ छ ।

सिस्ने गाउँपालिकाले कक्षा ६ देखि ८ सम्म स्थानीय पाठ्यक्रम, छोरी बिमा, सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा, स्वाथ्यकर्मी तयार गर्न निःशुल्क स्वास्थ्य शिक्षा, युद्ध संग्रहालय, सहिद स्मारक पार्क, हिंसापीडित महिलाका लागि अल्पकालिन आवास गृह, कृषि क्षेत्रको विकासका लागि पकेट निर्माण, सडक सन्जाल, दृष्टिविहीन र सुस्त मस्तिष्क भएकाहरूका लागि छात्रावास निर्माण, स्थानीय स्तरमा विद्युत उत्पादन, गाउँपालिकाको समग्र विकासका लागि नीति निर्माण तथा योजना तर्जुमा गरेको छ ।

हिंसामा परेका महिलाका लागि वडा नम्बर ५ मा सेफ हाउस (सुरक्षित आवासगृह) निर्माण गरेको उनले बताइन् । ‘महिलाको क्षमता अभिवृद्धिका लागि सिलाइकटाइ लगायतका तालिम पनि हामीले चलायौं, लोक सेवाको तयारी कक्षा पनि सञ्चालन गरिरहेका छौँ,’ उनले भनिन् ।

गत स्थानीय तहको निर्वाचनमा एमालेले पाँच स्थानीय तहमा महिलालाई प्रमुखको उम्मेदवार बनाएको थियो । नवलपरासीको सुनवल नगरपालिकाको प्रमुखमा एमालेले विमला अर्याललाई उठाएको थियो भने कपिलवस्तुको बाँणगंगा नगरपालिकाको मेयरमा विमला घिमिरे र मायादेवी गाउँपालिका अध्यक्षमा फौजिया नसिमलाई उम्मेदवार बनाएको थियो ।

यस्तै, रोल्पा नगरपालिकाको मेयरमा मीना शर्मा र रूकुमको भूमे गाउँपालिका अध्यक्षमा आशा स्वर्णकारलाई एमालेले उम्मेदवार बनाएको थियो । तर एमालेले उम्मेदवार बनाएको कुनै पनि महिलाले प्रमुखमा चुनाव जितेनन् । कांग्रेसले भने १०९ स्थानीय तहमध्ये अन्यमा महिलालाई प्रमुख पदमा उम्मेदवार उठाएको थिएन ।

गाउँपालिकाको नेतृत्व गरिरहेकी बरालले साढे चार वर्षेमा नयाँ-नयाँ योजना मात्र ल्याएकी छैनन्, आफूलाई अब्बल नेतृत्वको रूपमा स्थापित गरेकी छिन् । उनले गत स्थानीय तहको निर्वाचनमा पुरूष प्रतिस्पर्धीलाई हराएर नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाको नेतृत्व गरेकी थिइन् ।

माओवादी केन्द्रले दाङको लमही नगरपालिका मेयरमा द्रौपदा पौडेल, गुल्मीको इस्मा गाउँपालिकाको अध्यक्षमा विमला थापा र तानसेन नगरपालिकाको मेयरमा प्रतिक्षा सिन्जाली मगरलाई उम्मेदवार बनाएको थियो । ती तीनै जना पराजित हुँदा माओवादी केन्द्रबाट सिंगो प्रदेशमा सिस्ने गाउँपालिका अध्यक्षमा महिला उम्मेदवार विजयी भइन् ।

लुम्बिनी प्रदेशका कपिलवस्तुमा तीन जना र बर्दियामा तीन जना महिला वडाध्यक्ष छन् । उनीहरूमध्ये तत्कालीन माओवादी केन्द्रका एकजना, नेपाली कांग्रेसका तीनजना, जनता समाजवादी पार्टीका एक जना र राप्रपाका एक जना छन् ।

बर्दियाको गुलरिया नगरपालिका–७ की अध्यक्ष गीता बस्नेतले महिलाले नेतृत्व गरेका ठाउँमा भ्रष्टाचार र अनियमितता हुँदैन भन्ने कुरालाई आफूले प्रमाणित गरेको बताइन् । पुरूषसँगको प्रतिस्पर्धामा उत्रिएर आफू अध्यक्ष भएसँगै वडाको समग्र विकासका लागि इमान्दारितापूर्वक काम गर्दै आएको उनले बताइन् ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–९ की वडाअध्यक्ष राधा चौधरीले वडाअध्यक्ष भएर काम गर्न पाउँदा आफूलाई गर्व लागेको बताइन् । ‘महिलाहरूलाई प्रमुख भएर काम गर्ने अवसर दिने हो भने पुरूषको नेतृत्वको तुलनामा महिलाको नेतृत्व सफल र उदाहरणीय बन्छ,’ उनले भनिन् । आफ्नो वडामा जिल्लामै पहिलो पटक कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम तयार गरी लागु गरेको उनले बताइन् ।

स्थानीय स्तरमै सेनेटरी प्याडको उत्पादन, पाठेघरको निःशुल्क स्वास्थ्य उपचार, महिला उद्यमशीलता र सशक्तिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन, धर्म संस्कृतिको संरक्षण, योजना र समग्र वडाको विकासका लागि २० वर्षे गुरूयोजना बनाएको उनले बताइन् ।

कपिलवस्तुको शिवराज नगरपालिका–१० को उपनिर्वाचनबाट जसपाकी मन्जु मिश्रले वडाअध्यक्षको जिम्मेवारी पाएकी छिन् । वडाअध्यक्ष भएपछि महिलाले केही गर्न सक्दैनन् भन्ने धारणा बदल्न सफल भएको उनले बताइन् । ‘महिलाहरू खुलेर हिँड्न सक्ने अवस्था थिएन, अहिले सहज रूपमा प्रस्तुत भएर अधिकार माग्नेसम्म भएका छन्’ उनले भनिन्, ‘वडामा महिलाको नेतृत्व आएपछि समुदायमा हुने अन्य गतिविधिहरूमा पनि महिलालाई अग्रसर गराउन लागिएको छ ।’

स्थानीय सरकारमा काम गर्न पाउँदा आफूलाई खुसी लागेको उनले बताइन् । सडक, सिंचाई र खानेपानी जस्ता वडाका समस्या समाधान गर्दै आफूलाई सफल र सक्षम महिला नेतृको रूपमा स्थापित गर्ने चाहनाअनुसार काम गरेको उनले बताइन् । उनका अनुसार उनको वडामा पिछडिएका तथा गरिब समुदायका लागि लक्षित कार्यक्रम सञ्चालन गरिएको छ । यसोधरा गाउँपालिका–३ की वडाअध्यक्ष सरिता त्रिपाठीले लक्षित वर्गलाई मध्यनजर गरेर कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् ।

यो पनि…
आज नारी दिवस : कसले के भने ?
सलमानसँग काम गरेकी यी अभिनेत्रीको जीवनका सुख-दुःख



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested