English

रूसी हमलाबारे जर्मनीले के भन्यो ?



जर्मन चान्सलर ओलाफ सोल्जले युक्रेन संकट तत्काल समाधान गर्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गरेका छन् । राष्ट्रपति पुटिनसँगको टेलिफोन वार्तामा सोल्जले यस्तो आग्रह गरेका हुन् ।

एक घन्टा लामो सो वार्तामा चान्सलर सोल्जले युक्रेनमा जारी रूसी हमला बन्द गर्न आह्वान गर्दै युद्धबाट प्रभावितलाई मानवीय सहयोगका लागि पहुँच स्थापित गर्न पुटिनसँग अनुरोध गरेका थिए ।

युक्रेनको परमाणु केन्द्रलाई रूसी सेनाले कब्जा गरेको पृष्ठभूमिमा जर्मन चान्सलरले पुटिनसँग टेलिफोन वार्ता गरेका हुन् । रूसी सेनाले युरोपकै ठूलो मानिएको जापोरिज्यास्थित परमाणु केन्द्रमा शुक्रबार आगो लगाइदिएका थिए ।

आगो लगाइदिएपछि सो केन्द्रलाई रूसी सेनाले कब्जा गरेका छन् । रूसी हमलाको विश्व नेताहरूले निन्दा गरेका छन् । यसैबीच, आगलागी भएपनि त्यहाँबाट कुनै विकिरण नचुहिएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका प्रमुखले बताएका छन् ।

यो पनि…
रूस-युक्रेन द्वन्द्व : सशंकित पुटिन



सम्बन्धित खबरहरु

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

गैर आवासीय नेपाली संघ (एनआरएनए) वि.स. २०६० (सन् २००३) मा स्थापना भयो र संघ दर्ताको निमित्त लामो बहस र चर्चा

राइनोज उपनामले चिनिने नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज अगस्ट १५, शुक्रबार दिउँसो २:१५ बजे एनटी स्ट्राइकसँग खेल्दैछ। यो खेल डार्विनमा

Latest










Popular
Suggested