English

भगवान् शिव परिवारको सन्देश



मंगलबार शिवरात्रि पर्व मनाइयो । भगवान् शिवको पूजा गरियो होला । कतिपयलाई भगवान् शिव परिवारबारे थाहा नहुन सक्छ । शिव परिवार शिवसहित पार्वती, गणेश, कार्तिकेय हुन् । उनीहरूका मुसा, नाग, मयूर, नन्दी र सिंह वाहन हुन् । यी सबै प्राणी एकअर्काका शत्रू हुन् तर शिव परिवारमा सँगै बस्छन् ।

शिवपुराण कथाकार पण्डित मनिष शर्माका अनुसार सबै देवी–देवताहरूमध्ये शिव मात्र यस्तो हुनुहुन्छ जसको पूरा परिवार छ । शिव–पार्वतीका पुत्र भगवान् गणेश र गणेशका पत्नीहरू ऋद्धि–सिद्धि हुन् । शिवको वाहन नन्दी, घाँटीमा सर्प, देवीको वाहन सिंह, गणेशको वाहन मुसा र कार्तिकेयको वाहन मयूर हो ।

सर्प मुसाको शत्रू हो । मयूर सर्पको शत्रू हो । सिंह नन्दीको शत्रू हो तर सबै मिलेर परिवारमा बस्छन् । कसैलाई हानि गर्दैनन् । शिव परिवारका यी प्राणीहरूको विचार फरक छ । तर उनीहरूले एकताबद्ध हुने/बन्ने सन्देश दिन्छन् ।

परिवारका सदस्यले एकअर्कासँग शत्रूता राखे भने परिवार टिक्दैन । शिव परिवारका यी वाहनहरूमध्ये पार्वतीको वाहन सिंह सबैभन्दा शक्तिशाली छ । घरकी महिलाको बौद्धिक शक्तिले सम्पूर्ण परिवारलाई शक्तिशाली बनाउँछ भन्ने सन्देश छ । एउटी महिलाले आफ्नो परिवारलाई हरेक संकटबाट बचाउन सक्छिन् ।

यो पनि…
भगवान् शिवका चार सन्देश



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested