English

महाभारत युद्ध र सन्देश



महाभारत युद्ध कुन भूमिमा हुन्छ, यसको नियम के हुन्छ, कुन दिन युद्ध सुरु हुन्छ यी सबै कुरा श्रीकृष्णले तय गरेका थिए । यो युद्ध १८ दिनसम्म चलेको थियो । महाभारत युद्ध सुरु । युद्धको सातौं दिन पुग्यो ।

वेद व्यासले महाभारतमा लेखेअनुसार कौरव र पाण्डवहरूबीचको युद्ध यति भीषण थियो कि रगतको नदी बग्थ्यो । काटिएको टाउको र शरीर रगतको खोलामा बगिरहेको थियो । हिंस्रक जनावर, स्याल, चीलजस्ता चराचुरुङ्गीहरू वरिपरि आउन थाले । मासु खाँदै खोलामा फाल हाने । यस्तो दृश्य डरलाग्दो थियो ।

रात परेपछि युद्धविराम हुन्थ्यो । कौरव र पाण्डवहरूको भेला हुन्थ्यो । सबै आफन्त थिए । दाजुभाइ, दिदीबहिनी, काका–भतिजा सबै एकअर्कासँग दिउँसो लडिरहेका थिए । तर राति सबैजना एकअर्काको क्याम्पमा जान पाउने नियम थियो ।

राति सबै भेट्थे । रमाइलो गर्थे । ठट्टा गर्थे । कसैले कीर्तन गर्थे, कसैले अभिनय गर्थे । कसैले नोटाङ्की गर्थे । यसरी दिनभरको शत्रूताको भावना मेटिन्थ्यो । भोलिपल्ट फेरि उनीहरू फेरि झगडा गर्न थाल्थे ।

यो पनि
भगवान् शिवका चार सन्देश

सन्देश

हाम्रो परिवारमा पनि एकअर्काको स्वभाव र सोच फरक हुन्छ । यस कारणले गर्दा झगडा हुन्छ । तर सबै एउटै परिवारमा बस्छन् । त्यसैले समय–समयमा हामीले एकअर्कालाई मद्दत गर्नुपर्छ । सल्लाह दिनुपर्छ । सहयोग गर्नुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested