English

पुँजी बजारका समस्याबारे अर्थमन्त्री, नेप्से र धितोपत्र बोर्डका प्रमुखबीच छलफल



अर्थमन्त्री जनार्दन शर्मा, नेप्से र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखबीच छलफल भएको छ । अर्थमन्त्री शर्माले नेप्से र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाई पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गरेका छन् ।

बुधबार अर्थमन्त्री शर्माले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाएर अहिले पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गरेका हुन् ।

छलफलमा बोल्दै अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएका समस्या समाधान गर्नका लागि नेप्से र बोर्डमा सक्षम नेतृत्व चयन गरिएको बताए । उनले भने, ‘सेयर बजारमा देखिएकाे समस्या समाधान गर्न एउटा सक्षम योग्य नेतृत्व चयन गरियो । नियमनकारी संस्थाको नेतृत्वले सेयर बजारमा भएका समस्याको समाधानमा उहाँहरूको काम कारबाहीबाट देखिनेछ ।’

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले शेयर बजारमा देखिएका समस्या समाधान गर्नका लागि बोर्डले काम गरिरहेको बताए । उनले पुँजी बजार सुधारका लागि केही कानुनमा सुधार गर्नुपर्ने बताए ।

कार्यक्रमा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले शेयर बजारमा देखिएका समस्या समाधान गर्नका लागि बोर्डले काम गरिरहेको बताए । उनले पुँजी बजार सुधारका लागि केही कानुनमा सुधार गर्नुपर्ने बताए । अध्यक्ष हमालले अनलाइन प्रणालीमा सुधार गर्नु पर्ने देखिएकाले बोर्ड लागिपरेको जानकारी दिए। उनले भने, ‘सेयर बजारमा देखिएका समस्या समाधान गर्न बोर्डले काम अगाडि बढाएको छ । ‘टीएमएस प्रणाली’ सुधार गर्नुपर्ने देखिएको छ ।’

त्यस्तै, कार्यक्रममा बोल्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले पुँजी बजारसम्बन्धी ऐन समय सापेक्ष नभएको बताएका छन् । उनले पुँजी बजार सुधारका लागि अहिले भएका नीतिगत व्यवस्थाहरूलाई संशोधन गर्नुपर्ने आवश्यक रहेको बताए । कार्कीले सेयर बजारलाई प्रभावकारी बनाउनका लागि प्राविधिको अध्ययन गर्नुपर्ने जानकारी दिए ।

अर्थमन्त्री शर्माले धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीईओलाई मोबाइल एपबाटै सेयर कारोबार हुने व्यवस्था मिलाउन निर्देशन दिँदै पुँजी बजार नबुझीकन कारोबार गर्नेलाई शिक्षित गराउनुपर्ने बताए ।

अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुस्करले पुँजी बजार आन्तरिक मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी देखाउनुपर्ने बताए । उनले अर्थ मन्त्रालयले नेप्से र धितोपत्र बोर्डको काम गर्ने प्रणालीलाई अन्तर्राष्ट्रिय एजेन्सीहरूसँग सहकार्य गर्ने काम अगाडि बढाएको जानकारी दिए ।

अर्थमन्त्री शर्माले धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीईओलाई मोबाइल एपबाटै सेयर कारोबार हुने व्यवस्था मिलाउन निर्देशन दिँदै पुँजी बजार नबुझीकन कारोबार गर्नेलाई शिक्षित गराउनुपर्ने बताए ।

यो पनि
सेयर बजारमा ६३ अंकको पहिरो
नेप्सेमा ४३ अंकको गिरावट, कारोबार साढे ३ अर्बमा सीमित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested