English

माझी समुदायमा मनाइयो ‘लदी’ पर्व (फोटोफिचर)



अल्पसंख्यक समुदायअन्तर्गत पर्ने माझी समुदायले मंगलबार ‘लदी’ अर्थात् नदी पूजा धुमधामका साथ मनाएका छन् । सर्लाहीको बागमती नगरपालिका-१२ स्थित भरतताल प्राङ्गणमा विषेश कार्यक्रम आयोजना गरेर लदी पर्व मनाएको नेपाल माझी उत्थान संघ सर्लाहीले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा वर्षौदेखि बसोवास गर्दै आएका माझीहरूले पहिलोपटक सामूहिकरूपमा लदी पूजा मनाएकाे संघका जिल्ला सह-सचिव राजकुमार कुश्वारले बताए ।

मंगलबार बिहानै बागमती नदी किनारमा पुगेर उनीहरूले नदीको पूजा गरेका थिए । त्यसपछि, दुर्गा चोकबाट निस्किएको र्‍याली भरत तालमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा माझी समुदायका बालबालिका, युवायुवतीदेखि वृद्धवृद्धासम्म परम्परागत पोसाकमा सजिएर आएका थिए ।

यसअघि, घरघरमै मनाउने गरिएको लदी पूजाको मौलिकता लोप हुने अवस्थामा पुगेपछि यसको संरक्षणको लागि सामूहिक कार्यक्रम आयोजना गरिएकोे पूजा समितिका कुमार माझीले बताए । आफ्नै समुदायमा समेत यसको महत्त्वबारे उजार गर्न आवश्यक रहेको उनले बताए । माझी समुदायले मुख्य पर्वको रूपमा मनाउने यस पूजाको संरक्षण आवश्यकता भएको उनीहरूको भनाइ छ ।

नदीमा डुंगा खियाउने र माछा मार्ने मुख्य पेसा मान्दै आएका माझी समुदायले नदी अर्थात् प्रकृतिको पूजा गर्दै आएको उनीहरूको दावी छ । प्रत्येक वर्ष फागुनको सांहिली अर्थात् तेस्रो मंगलबार नदीमा गएर पूजा गरे वर्षातको जस्तोसुकै भेलमा पनि डुंगा खियाउन सक्ने शक्ति मिल्ने किंवदन्ती रहेको माझी समुदायका जानकारहरूको भनाइ छ ।

रामेछाप जिल्लालाई उद्गमथलो मान्दै आएका माझी समुदाय सर्लाहीको वागमती, बरहथवाको हजरिया, हरिवनको बेताली, ईश्वरपुरको भक्तिपुर, सागरनाथ, लालबन्दीको रंजितपुर, परवानीपुर, ज्याजोर, पत्थरकोट लगायतका स्थानका बसोबास गर्दै आएका छन् । सर्लाहीमा मात्रै ६५ सय देखि सात हजारको हाराहारीमा माझीहरू रहेका नेपाल माझी उत्थान संघ सर्लाहीले जनाएको छ ।

यो पनि…
टुँडीखेलमा सेना दिवसको रौनक (फोटोफिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested