English

सेना दिवसका अवसरमा दौड प्रतियोगिता



नेपाली सेना दिवस तथा महाशिवरात्रीको अवसरमा जुम्लामा दौड प्रतियोगिता आयाेजना भएकाे गरिएको छ । नेपाली सेनाले नागरिकसँगको सम्बन्ध सुमधुर बनाउन नन्दाबक्स गण र नम्बर २४ बाहिनी अड्डाकाे आयोजनामा प्रतियोगिता भएकाे हो । प्रतियोगिता दुई चरणमा सञ्चालन गरिएको थियो । ४० वर्षमाथिका र ४० वर्षमुनिका बीच दौड प्रतियोगिता भएको थियो ।

४० वर्षमुनिको पाँच किलोमिटर दौड प्रतियोगिताको प्रथम प्रकाश कठायत भएका छन् । यस्तै, दीपेन्द्र बोहोरा द्वितीय र शेरबहादुर अधिकारी तृतीय भएका छन् । यस्तै, ४० वर्ष मुनिका महिलातर्फ कल्पना बुढा प्रथम बनेकी छन् भने राज्यलक्ष्मी रावल द्वितीय र इशारा बुढा तृतीय भएकी छिन् । उक्त प्रतियोगितामा ४० वर्षमाथिका पुरुषतर्फ भेषबहादुर बस्नेत प्रथम भएका छन् ।

सेनानी नारायण लामिछाने द्वितीय र हर्क रावल तृतीय भएका छन् । दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई कदरपत्र र नगद पुरस्कार दिएको छ । प्रथमलाई पाँच हजार, द्वितीयलाई तीन हजार र तृतीयलाई दुई हजार नगदबाट सम्मान दिएको गणपति रवीन थापाले बताए ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जुम्लामा नेपाली सेनाले नागरिकका हितमा गरेको कामको प्रशंसा गरिन् । उनले सेनाको शान्ति, सुरक्षासँगै सामाजिक हितका काम प्रेरणादायी रहेको बताइन् ।

यो पनि
डाक्टर्स एघारले जित्यो मैत्रीपूर्ण टी–२०



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested