English

भगवान् शिवका चार सन्देश



फागुन १७ अर्थात् आज मंगलबार शिवरात्रि हो । शिवको पूजाआराधना गर्नुका साथै जीवनमा उहाँको पाठग्रहण गर्नाले हाम्रा धेरै समस्याहरू समाधान गर्न सकिन्छ । शिवका यस्ता धेरै कथा छन् जसमा भगवान्ले जीवन सुधार्नका लागि स्रोत बताउनु भएको छ । जानौँ यस्ता केही विशेष कथाहरू :

आफ्नो शक्तिको घमण्ड नगर

यो महाभारतको कथा हो । कौरवहरू र पाण्डवहरू बीचको युद्ध समाप्त भयो । त्यसअघि अर्जुनले शिवलाई प्रशन्न पार्न तपस्या गरिरहनु भएको थियो । उहाँ ईश्वरीय हतियार लिन चाहनुहुन्थ्यो । त्यसबेला एक असुर जंगली सुँगुरको रूपमा त्यहाँ पुगे र अर्जुनलाई मार्न चाहन्थे ।

अर्जुनले बँदेल देखेपछि धनुषमा बाण हान्नुभयो । त्यही बेला एकजना वनवासी त्यहाँ आए । वनवासीले अर्जुनलाई तीर नछोड्न आग्रह गरे । वनवासीले यो बँदेल मेरो शिकार हो, तिमीले यसलाई नमार भने । तर अर्जुनले उनको कुरा सुन्नुभएन र बाण छोड्नुभयो । वनवासीले पनि तीर छोडे । दुवैका तीर सुँगुरलाई एकसाथ लागे ।

त्यसपछि दुवैले त्यो बँदेलमाथि आफ्नो अधिकार बताउन थाले । विवाद चर्किएपछि दुवैबीच युद्ध सुरु भयो । अर्जुनले धेरै प्रयास गरेर पनि त्यो वनवासीलाई हराउन सक्नुभएन । वनवासीको बाण अर्जुनलाई लागेपछि उहाँले त्यो प्रहार सहन सक्नुभएन । अर्जुन बेहोस हुनुभयो । केही समयपछि जब अर्जुन होशमा आउनुभयो र माटोबाट शिवलिंग बनाएर फूलको हार लगाइदिनुभयो । त्यसपछि त्यो हार वनवासीको घाँटीमा पर्न थाल्यो ।

यो वनवासी शिव हो भनी अर्जुनले बुझनुभयो । त्यसपछि अर्जुनले शिवको पूजा गर्नुभयो । अर्जुनको वीरता देखेर शिवले पनि प्रशन्‍न भई पशुपतास्त्र दिनुभयो । शिवजीले अर्जुनलाई सम्झाउनुभयो कि कसैलाई कहिल्यै कमजोर नठान्नु र कसैको शक्तिको घमण्ड गर्नु हुँदैन ।

निमन्त्रणा बिना कसैको कार्यक्रममा नजानुहोस्

कथा शिव र देवी सतीसँग सम्बन्धित छ । सतीका पिता प्रजापति दक्षले शिवलाई मन पराउनु भएनन् । दक्षले यहाँ यज्ञको आयोजना गर्नुभयो । त्यो यज्ञमा दक्षले शिव बाहेक सबैलाई बोलाउनु भएको थियो । जब सतीले यो कुरा थाहा पाउनुभयो उहाँ बिना निम्तो बुबाको घरमा जान थाल्नुभयो ।

त्यसबेला शिवले सतीलाई रोक्न निकै प्रयास गर्नुभयो र निमन्त्रणा बिना कसैको कार्यक्रममा नजानु भन्नुभयो तर सती मान्नुभएन । यज्ञमा सतीको अगाडि दक्षले शिवको अपमान गरेपछि सतीले यज्ञकुण्डमा हाम फालेर आफ्नो शरीर अन्त्य गर्नुभयो ।

बच्चालाई समाजसेवा र देशभक्तिको संस्कार दिनुहोस्

शिव र माता पार्वतीका पुत्र कार्तिकेय स्वामीको जन्म जंगलमा भएको थियो । कार्तिकेयको पछि कृतिकाहरू हुनुहुन्थ्यो । जब शिव–पार्वतीले कार्तिकेयको बारेमा थाहा पाउनुभयो तब उहाँहरूले कार्तिकेयलाई आफूकहाँ बोलाउनु भयो । त्यतिखेर सबै देवताहरू शिवकहाँ पुगे र तारकासुरले आक्रोश उत्पन्न गरेको बताउनुभयो ।

तारकासुरलाई तपाईंको छोराले मात्र मार्ने वरदान पाउनुु भएको छ । तपाईंले कार्तिकेयलाई हामीसँग पठाउनुहोस् ताकि कार्तिकेयले तारकासुरलाई मारेर हामीलाई बचाउन सकून् । उहाँका छोरा कार्तिकेय पहिले नै शिव र पार्वतीकहाँ आउनुभएको थियो र उहाँहरूले कार्तिकेयलाई देवताहरूको कल्याणको लागि जान अनुमति दिनुभयो ।

शिवजीले हामीलाई यो सन्देश दिनुभएको छ कि यदि समाज र राष्ट्रलाई हाम्रा बच्चाहरूको आवश्यकता छ भने तिनीहरूलाई रोक्नु हुँदैन । बालबालिकालाई समाजसेवा र राष्ट्र सेवाको मूल्य बुझाउनुपर्छ । सन्तानले समाजसेवा र राष्ट्रको सेवा गरे परिवारको इज्जत मिल्छ र वंशको नाम रहन्छ ।

जीवन साथीलाई विश्वास गर्नुहोस्

श्रीराम सीताको खोजीमा वनमा हुनुहुन्थ्यो । जब माता सतीले श्रीरामलाई यस्तो अवस्थामा देख्नुभयो तब उहाँले सोच्न थाल्नुभया ‘शिवले पुज्ने श्रीराम सामान्य मानिसजस्तै रोइरहनु भएको थियो । उहाँ कसरी भगवान् हुन सक्नुहुन्छ ?’ देवीले शिवलाई यो कुरा शिवलाई बताउनुभयो ।

शिवले यो सबै श्रीरामको लीला भएकोले श्रीरामलाई शंका नगर्नु भन्नुभयो । शिवको स्पष्टीकरण पछि पनि देवी सतीले पत्याउन सक्नुभएन । देवी सतीले श्रीरामको परीक्षा लिन्छु भन्ने सोच्नुभयो र यस्तै सोचेर उहाँ देवी सीताको रूप धारण गरी श्रीरामको अगाडि पुग्नुभयो ।

श्रीरामले देवीलाई चिन्नुभयो र निहुरिएर भन्नुभयो, ‘देवी तपाईं एक्लै आउनुभएको छ, शिव कहाँ छ हुनुहुन्छ ?’ यो सुनेर सतीले आफ्नो गल्ती महसुस गर्नुभयो । जब उहाँ शिवकहाँ आउनुभयो, शिवलाई थाहा भयो कि सतीले उहाँको कुरा पत्याउनुभएन् र श्रीरामको परीक्षा लिनुभयो । यसपछि शिवजीले मानसिक रूपमा सतीको त्याग गर्नुभएको थियो ।

यो कथाको सन्देश जीवनसाथीमा शंका नगर्नु होस् । श्रीमान श्रीमतबीच विश्वास नभए दाम्पत्य जीवनमा सुख आउँदैन ।

यो पनि…
महाशिवरात्रिको आध्यात्मिक महत्त्व



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested