English

पाउलान् त किसानले तरकारीको सही मोल ?



आफूले उत्पादन गरेका तरकारीको उचित मूल्य अब किसानले पाउने भएका छन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले होल्डिङ यार्ड/अक्सन यार्ड योजना ल्याएपछि किसानले आफ्नो उत्पादन आफै बेच्न पाउने भएका हुन् । तरकारी व्यापारमा विचौलिया हावी भएको गुनासो बढेको थियो । किसानले आफ्नो उत्पादनको सही मूल्य नपाएको गुनासो आएपछि तिनले उत्पादन गरेका तरकारी सिधै व्यवसायीसंग बिक्री गर्न समितिले विशेष योजना नै ल्याएर तरकारीको उचित मोल दिलाउने निर्णय गरेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

सूचना अधिकारी श्रेष्ठका अनुसार यही चैत्र १८ गतेबाट यो योजना परीक्षण गरिएको छ । कालीमाटी थोक बजार भित्रको फिससेट भवनमा रहेको १२ वटा स्टलमा यो योजना परीक्षण सुरु गरिएको हो ।

के हो होल्डिङ यार्ड/अक्सन यार्ड ?

किसानले उत्पादन गरेका तरकारी आफैले बेच्ने योजना हो होल्डिङ यार्ड/अक्सन यार्ड । यसमा किसानले आफूले उत्पादन गरेका तरकारी बजारमा ल्याएर बजार मूल्य तोेकेर बेच्न सक्ने छन् । यो एक प्रकारको लिलामी बजार हो । यस बजारमा किसानले उत्पादन गरेका तरकारी तरकारी व्यवसायीहरूले मूल्य तोक्ने र किन्ने गर्छन् । यसमा विचौलियाले चलखेल गर्न पाउँदैनन् । यस योजनाबाट किसानले प्रत्यक्ष लाभ लिन सक्ने श्रेष्ठको दाबी छ ।

किसानले यो योजनाको कसरी सदुपयोग गर्ने ?

किसानले उत्पादन गरेको तरकारी कम्तिमा २ टन बजारमा ल्याउनुपर्ने छ । २ टन तरकारी स्टलमा राखेवापत ४ सय र सो भन्दा बढी तरकारी ल्याएमा २० पैसा प्रति किलोका दरले समितिलाई शुल्क बुझाउनुपर्ने श्रेष्ठले बताए । यसरी ल्याएको तरकारी किसानले थोकमै बेच्नुपर्ने, खुद्रा मूल्यमा बेच्न नपाइने उनले बताए ।

किसानले प्रत्येक दिन साँझ ७ बजेदेखि विहान ४ बजेसम्म स्टलमा तरकारी राखेर बेच्न सक्ने उनले बताए । यसरी ल्याएको तरकारीको विषादी परीक्षण हुने उनले जनाए । यो योजना परीक्षणमै रहेकाले केही दिनका लागि किसानले निःशुल्क स्टल पाउनेछन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

Latest










Popular
Suggested