English

रूस-युक्रेन द्वन्द्व : अहिलेसम्म के-के भयो ?



रूसले युक्रेनमा विभिन्न दिशाबाट आक्रमण गरिरहेको छ । अहिले रूसी सेनाले युक्रेनको राजधानी किभलाई चारै दिशाबाट घेरा हालेर आक्रमण गरिरहेको छ । आक्रमणको चौथो दिन रूसी सेनाले किभलाई मुख्य निशाना बनाएको हो । बीबीसीका अनुसार राजधानीमा गोलाबारी र ठूला बिस्फोटका आवाजहरू सुनिएका छन् ।

अहिलेसम्म के-के भयो ?

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूलाई पक्राउ गरेर आफ्नो पक्षका नेतालाई राष्ट्रपति बनाउने रूसी योजना युक्रेनी सुरक्षा बलले विफल बनाइदिएको बताएका छन् ।

–राष्ट्रपति जेलेन्स्कीले आफूलाई उद्धार गर्ने अमेरिकाको प्रस्तावलाई अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

–युक्रेनका स्वास्थ्यमन्त्रीले रूसले आक्रमण गरेपछि अहिलेसम्म १९८ जना युक्रेनी नागरिकको मृत्यु भएको जानकारी दिएका छन् ।

–पोल्यान्डले विश्वकप २०२२ का लागि रूससँग प्लेअफ खेलमा सहभागी हुन अस्वीकार गरेको छ ।

–यूकेका सशस्त्र बलसम्बन्धी मन्त्री जेम्स हिपीले यूके र अन्य २५ देशहरूले युक्रेनलाई थप मानवीय सहायता वा सैनिक सहयोग उपलब्ध गराउने सहमति गरेको जनाएका छन् ।

–रूसी आक्रमणविरुद्ध लडिरहेको युक्रेनका लागि पश्चिमा देशहरूले सहयोग उपलब्ध गराउने बताइरहँदा फ्रान्सले किएभलाई हतियार र अन्य सामाग्री पठाइरहेको छ ।

फ्रान्सको जलसेनाले रूसको सेन्ट पिटर्सबर्ग जाँदै गरेको मालवाहक पानीजहाज इङ्लिश च्यानलमा रोकेको छ ।

–रूसी आक्रमणपछि युक्रेनमा अलपत्र परेका आफ्ना सयौँ नागरिकको उद्धारका लागि भारतले विमान पठाएको छ ।

–किएभको जुलीयानी विमानस्थल नजिकै क्षेप्यास्त्रका कारण अपार्टमेन्ट भवनमा क्षति पुगेको छ ।

–युक्रेनले आक्रमणमा सम्मिलित ३,५०० भन्दा बढी रूसी सैनिकको मृत्यु भएको र झन्डै २०० जनालाई बन्दी बनाइएको दाबी गरेको छ ।

–युक्रेन सरकारले राजधानी किएभका चोकहरूमा लडाइँ जारी रहेको बताएको छ ।

–अमेरिका, ईयू, यूके र क्यानडाले पुटिनमाथि प्रतिबन्धहरू लगाएका छन् ।

–नेटोले आफ्ना साझेदारलाई बल प्रदान गर्न पूर्वी युरोपमा थप सैनिक खटाउँदैछ ।

–युक्रेनका राष्ट्रपतिले यूके तथा अन्य मित्रराष्ट्रलाई रूसी आक्रमण रोक्न सहयोग गर्न आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिवले रूसी सेनालाई ब्यारेकमा फर्किन आग्रह गरेका छन् ।

–युक्रेनको रक्षा मन्त्रालयले रूसी सैनिकहरू चढेको सैन्य विमान किएभनजिकै खसालिदिएको दाबी गरेको छ ।

–ब्रिटिश राजकुमार विलियम र उनकी पत्नी डचिस अफ केम्ब्रिज केटले युक्रेनको समर्थनमा ट्वीट गरेका छन् ।

–किएभका नगर प्रमुख भिताली क्लित्स्कोले युक्रेनको राजधानीमा साँझ ५ बजेदेखि बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेका छन् ।

यो पनि
रूसी आक्रमण सामना गरिरहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर को हुन् ?

युक्रेनमा रहेका नेपालीलाई सरकारले भन्यो- स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै बाहिर निस्क

युक्रेनमा रहेका १९३ नेपाली दूतावासको सम्पर्कमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested