English

किसानको बगैँचामै पुगेर व्यवस्थापनसम्बन्धी सिप प्रदान



जुम्लाका स्याउ किसान यति बेला बगैँचा व्यवस्थापानमा व्यस्त छन् । यही अवसरलाई सदुपयोग गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई कार्यालय स्याउ सुपरजोन कार्यालय जुम्लाले स्याउ किसानको लागि बगैँचामा तालिम दिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई कार्यालय स्याउ सुपरजोन जुम्लाले यसपटक किसानको बगैँचामै गएर तालिम दिएको हो ।

कार्यालयले चन्दननाथ, तातोपानी, गुठिचौर र पातारासीका १० स्थानका किसानलाई तालिम दिएको सुपरजोन कार्यालय जुम्लाका कार्यालय प्रमुख गंगा पोख्रेलले बताइन । तालिममा रोगकिरा व्यवस्थापना, बगैँचा व्यवस्थापन तथा काँटछाँट व्यवहारिक तालिम दिएको छ । उनले भनिन, ‘एक ठाउँमा २५ जनाका दरले तीन सय ७५ जनालाई बगैँचा व्यवस्थापनसम्बन्धी सिप सिकाएका छौं ।’

प्रशिक्षक रामबहादुर खत्रीका अनुसार स्याउ लगाएपछि किसानले बिरुवाको हेरचाह र व्यवस्थापनमा ध्यान नदिएपछि गुणस्तरीय स्याउ फल्दैन थिए । किसानले ध्यान दिएर व्यवस्थापन गरे राम्रो फल लाग्ने र बजार मूल्य पनि बढी हुने बताए ।

यो पनि
स्याउ खेतीमा जम्दै जुम्ला
जुम्लाका किसानलाई स्याउ बगैंचा व्यवस्थापनमा भ्याइनभ्याई (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

१७ असार, काठमाडौं । काठमाडौंको शहरी जल सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण (Artificial Groundwater

Latest










Popular
Suggested