English

जुम्लीको आम्दानीको स्रोत बन्दै स्याउका बिरुवा



जुम्लामा उत्पादन गरिएका स्याउका बिरुवा बाहिरी जिल्लामा निर्यात हुन थालेका छन् । चन्दननाथ नगरपालिका–८का हरिबहादुर रोकायाले २४ हजार वटा बिरुवा बेचेका छन् । उनले ११ हजार बिरुवा हुम्लाको लागि र १३ हजार बिरुवा बाजुराको लागि बेचेका हुन् ।

सिर्जनशील फलफूल नर्सरी चलाउँदै आएका उनले भने, ‘हुम्लाको सिमिकोटको लागि माग आएको थियो । त्यही मागको आधारमा यस पटक ११ हजार बिरुवा पठाएँ । मेरो नर्सरीमा ४० देखि ५० हजारसम्मको बिरुवा छ ।’

उनको स्याउ नर्सरीबाट वार्षिक चार लाखसम्मको आम्दानी हुने गरेको छ । रोकायाको स्याउका बिरुवा गुणस्तरीय रहेको भन्दै विभिन्न ठाउँबाट माग आएको दाबी गर्छन् । जुम्लाबाट हवाइजहाजमार्फत स्याउका बिरुवा हुम्लामा पुर्‍याउने गरिएको छ ।

जुम्लाबाट नेपालगञ्ज र नेपालगञ्जबाट सिमकोट हवाइ मार्गबाट बिरुवा हुम्ला जाने गरेको रोकायाले बताए । उनले भने, ‘स्याउका प्रतिबिरुवा ७७ रुपियाँसम्म पर्ने गरेको छ ।’ रेड, रोयल डेलिसियस, गोल्डेन र जनार्थन जातका स्याउका बिरुवा बेच्ने गरेको रोकाले बताए । ।

४९ हजार बिरुवा निर्यात

जुम्लाको स्याउका बिरुवा बझाङ, बाजुरा, दैलेख, अछाम ,अर्घाखाँची, हुम्ला, कालीकोट र जाजरकोटसम्म निर्यात हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । जुम्लाबाट बाहिर जिल्ला निर्यात गर्दा कुनै समस्या नहोस् भन्नका लागि कृषि विकास कार्यालयले सिफारिस दिने गरेको बागवानी शाखाका प्रमुख सुष्मा बुढाले बताइन् । बुढाका अनुसार यस वर्ष मात्र ४९ हजार स्याउ र ओखरका बिरुवा जुम्लाबाट निर्यात भएका छन ।

यो पनि
स्याउ खेतीमा जम्दै जुम्ला
जुम्लाका किसानलाई स्याउ बगैंचा व्यवस्थापनमा भ्याइनभ्याई (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested