English

महाशिवरात्रि : सजाइँदै पशुपति क्षेत्र



महाशिवरात्रिको तयारी स्वरूप पशुपति क्षेत्रमा बिजुली बत्तीले झिलीमिली बनाउन थालिएको छ । दाताको सहयोगमा बिहीबारदेखि नै पशुपति क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिको तयारीस्वरूप झिलीमिली बनाउन थालिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । पशुपति क्षेत्रका सबै स्थानमा बिजुली बत्ती बाल्न थालेपछि आकर्षक देखिएको छ ।

पशुपतिनाथ मन्दिरको मुख्य क्षेत्रलाई फूलले सजाउने काम भने फागुन १५ र १६ गते गरिने प्रवक्ता अधिकारीले बताए । फूल बाँदरले चुँड्ने भएकाले एक दिनअघिमात्र सजाउने तयारी कोषले गरेको हो । बिजुली बत्ती र फूलले सजाउन दाताले नै सहयोग गरेका छन् । दाताको करिब रु ५० लाख बराबरको सहयोगले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रलाई बिजुली बत्ती र फूलले सजाउन लागिएको हो ।

यसका लागि कोषले समन्वय र सहजीकरण मात्र गरेको छ । दाताले आफैं कामदार लगाएर बिजुली बत्ती र फूलले सजाउने काम गरिरहेका छन् । पशुपति क्षेत्रका खाली भित्तामा भगवान शिव र पार्वतीका चित्रलेखन भने कोषकै खर्चमा भइरहेको छ । यस वर्ष फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ ।

महाशिवरात्रि नजिकएसँगै पशुपति क्षेत्रमा चहलपहल बढेको छ । खाली भित्तामा भगवान्का आकर्षक चित्र कोरिएको छ । ठाउँठाउँमा बिजुली बत्तीले पशुपति क्षेत्र सुन्दर देखिएको छ । महाशिवरात्रिका लागि आएका साधुसन्तले पशुपति क्षेत्रका कुना कुनामा भीड बढेको छ । हंसमण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा निःशुल्क भोजनको व्यवस्था गरिएको छ ।

यो पनि
रुद्राक्ष धारण गर्दा अपनाउनुहोस् यी नियम



सम्बन्धित खबरहरु

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

आजबाट बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापना । माटो तथा गोबरले घर शुद्ध बनाएर जमरा

सोह्र श्राद्ध वा पितृ पक्ष हिन्दू धर्म संस्कृतिमा एक अत्यन्तै महत्वपूर्ण संस्कार हो । यसलाई केवल धार्मिक परम्परा मात्र नभई

Latest










Popular
Suggested