English

‘नेपाली पात्रो’को सिईओमा सन्तोष देवकोटा नियुक्त




डिजिटल मिडिया तथा स्मार्ट कम्युनिटी प्लाटफर्ममा विगत एक दशकदेखि सक्रिय सन्तोष कुमार देवकोटा नेपालको प्रथम मोबाइल एप्लिकेसन ‘नेपाली पात्रो ’ को प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका छन्।

विक्रम सम्वत् २०५६ साल वीरगञ्जबाट प्रकाशित हुने ‘सार्थक साप्ताहिक’बाट सञ्चार जगतमा प्रवेश गरेका देवकोटाले मध्य तराइको पहिलो एफएम ‘रेडियो वीरगञ्ज ९९ मेगाहर्ज’मा विद्युतीय सञ्चारको लामो अनुभव संगालेका छन्। यसैगरी,

रेडियोको अग्रणी संस्था ‘इक्वल एक्सेस नेपाल’मा रेडियो नेटवर्क व्यवस्थापन तथा रेडियो कभरेज नक्सांकन विज्ञको रूपमा छवि बनाएका छन् भने पछिल्लो एक दशकदेखि डिजिटल मेडिया तथा कम्युनिटी प्लाटफर्म विज्ञका रूपमा सक्रिय रहँदै आएका छन् ।

देवकोटाले यही फेब्रुअरी १३ तारिख २०२२ ‘विश्व रेडियो दिवस’का दिन ‘नेपाली पात्रो’ को प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा नियुक्त भएका हुन्।

जिनियस सिस्टम्स सह-संस्थापक तथा नेपाली पात्रोका परिकल्पनाकार विरिजन महर्जनले सन्तोष कुमार देवकोटाको आबद्धतालाई सम्बोधन गर्दै ‘नेपाली पात्रो’ मार्फत् देश तथा विदेशमा बस्ने हरेक नेपालीहरुलाई जोडिरहने एउटा पुल बन्न चाहेको बताए र उक्त साझा पुलमा सन्तोषजीसँगै हिँड्न पाएकोमा खुसी व्यक्त गरे ।

विक्रम संवत् २०६३ साल सर्वप्रथम Facebook App मार्फत सार्वजनिक भएको ‘नेपाली पात्रो’ विक्रम संवत् २०६६ (सन् २०११) मा गुगलको PlayStore मार्फत Android तथा Apple प्रयोगकर्ताहरुकाका लागि AppStore मार्फत् सार्वजनिक गरिएको थियो ।

नेपाली पात्रोले हाम्रो मौलिक चाडपर्व, तिथि-मिति, पञ्चाङ, उत्सव तथा सांस्कृतिक गतिविधि मात्र समेटेको छैन, यो सबै उमेर समूहका लागि उपयोगी स्मार्ट एप्लिकेसन हो। यो क्यालेण्डर बाहेक, भिडियो, रेडियो, कुण्डली, दैनिक विदेशी मुद्राको विनिमय दर, सुन चाँदिको दैनिक दररेट, मौसम, एकाइ रुपान्तरण (धुर-आना र बिघा-रोपनी निकाल्ने) शुभ साइत तथा मुहूर्तहरु, ज्योतिष सेवा, ब्लग, मिति परिवर्तन लगायतका सुविधाहरूले युक्त छ।

‘पछिल्ला वर्षहरूमा नेपालबाट विदेश बसाइँ सर्ने क्रममा मौलिक सभ्यता बिर्सने जोखिमलाई आत्मसात गर्दै मौलिक धर्म-संस्कृतिका विशेषताहरूलाई उनीहरूसम्म पुर्याउने प्रयास गर्दै नेपाली पात्रोको अभियानलाई शिखरमा पुर्याउने प्रयास जारी रहेका प्रमुख कार्यकारी अधिकृतका रूपमा बेला देवकोटाजीलाई स्वागत गर्न पाउँदा उत्साहित भएका छाैं’ नेपाली पात्रोका प्रमुख सम्पादक तथा फलित ज्योतिषाचार्य उपप्रा. लक्ष्मीप्रसाद बरालले बताए ।

देवकोटा राइज मिडिया नेटवर्क र मेरो लाइफस्टाइल डटकमका डिजिटल एडभाइजरका रूपमा समेत कार्यरत रहेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested