English

रुस–युक्रेन युद्धमा नेपालका अधिकांश नेताहरुको आश्चर्यजनक मौनता



रुसले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्दै सार्वभौम राष्ट्र युक्रेनमाथि सैन्य आक्रमण गरेको चौबिस घण्टा बितेको छ ।

चौबिस घण्टामा बिभिन्न देशका नेताहरुले संयमताका साथ रुस–युक्रेन युद्धप्रति आफ्ना धारणा राखेका छन् ।

विश्वका अधिकांश नेताहरुको रुस–युक्रेन युद्धमा युक्रेनको पक्षमा खुलेर धारणा राखेका छन् । तर नेपालका राजनीतिक दलका अधिकांश नेताहरु भने यस मुद्दामा मौन बसेका छन् । थोरै नेपाली नेताले मात्र रुस–युक्रेन युद्धका विषयमा मुख खेलेका छन् ।

जनता समाजवादी पार्टी (जसपा), नेपालको संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रुसी आक्रमणको निन्दा गरेका छन् । उनले युक्रेनमाथिको आक्रमण स्वीकार्य हुन नसक्ने समेत बताएका छन् ।

साना/निर्धा देशले ठूला/बलिया देशको हैकमबाट बच्न अन्तर्राष्ट्रिय शत्तिसन्तुलनलाई बेलैमा बुझ्न र व्यवस्थापन गर्न सिपालु हुनैपर्छ भन्ने पनि युक्रेनको घटनाले बुझाएको छ ।

‘अहिलेको युगमा कुनै पनि स्वतन्त्र देशमाथि बाह्य आक्रमण स्वीकार्य हुनसक्दैन । युक्रेनमाथिको रुसी आक्रमण निन्दनीय छ,’ डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘साना/निर्धा देशले ठूला/बलिया देशको हैकमबाट बच्न अन्तर्राष्ट्रिय शत्तिसन्तुलनलाई बेलैमा बुझ्न र व्यवस्थापन गर्न सिपालु हुनैपर्छ भन्ने पनि युक्रेनको घटनाले बुझाएको छ ।’

नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलेले युक्रेनमाथि आक्रमण भएको सुन्दा दुःख लागेको जनाएका छन् । उनले युक्रेनमाथिको आक्रमणलाई रुसी हस्तक्षेप बताएका छन् ।

‘रुसी हस्तक्षेपका कारण युक्रेनमा विस्फोट, विनास र पलायनका कुरा मिडियामा मार्फत सुन्दा दुःख लागेको छ,’ एमाले उपमहासचिव ज्ञवालीले ट्वीटरमा लेखेका छन्, ‘प्रत्येक राष्ट्रलाई आफ्नो भौगोलिक अखण्डताको रक्षा गर्ने अधिकार छ । राष्ट्रिय सार्वभौमसत्ताको सम्मान गर्नुपर्छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालका अध्यक्ष कमल थापाले युक्रेनमाथि रुसले गरेको आक्रमण स्वीकार्य नहुने प्रतिक्रिया दिएका छन् ।

‘पहिले विखण्नकारी उचाल्ने, पछि तिनलाई संरक्षणको वहानामा आक्रमण गर्ने काम स्वीकार्य हुनसक्दैन,’ अध्यक्ष थापाले ट्वीटरमा लेखेका छन् ।

उनले सानो छिमेकी देश युक्रेनमा पृथकतावादीलाई संरक्षण गर्ने नाममा विश्व महाशक्ति रुसले गरेको आक्रमणवारे असंलग्नता, पंचशील र संयुक्त राष्ट्रसंघको बडापत्रमा विश्वास गर्ने नेपालले विरोध गर्नुपर्ने जनाएका छन् ।

नेपाल सरकारले पनि बिहीबार एक विज्ञप्ति जारी गरी रुसी आक्रमणको विरोध गरेको थियो । नेपालले सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गर्दै राष्ट्रसंघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरूको पालना गर्न रुसलाई भनेको थियो ।

नेपाल कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्दछ र कूटनीति तथा संवादबाट विवादको शान्तिपूर्ण समाधान खोज्नेमा विश्वास गर्दछ ।

‘नेपाल कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्दछ र कूटनीति तथा संवादबाट विवादको शान्तिपूर्ण समाधान खोज्नेमा विश्वास गर्दछ,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि विश्व घटनाहरुमा राजनीतिक दल र नेताहरुले बोलेपछि मात्र नेपाल सरकारले विज्ञप्ति जारी गथ्र्यो । यसपटक भने दल र नेताहरुले आफ्नो धारणा राख्न नपाउँदै सरकारले विज्ञप्ति मार्फत आफ्नो ‘स्ट्याण्ड’ देखाएको छ ।

रुस–युक्रेन युद्धको मामिलामा नेपालका दल र नेताहरुले अहिले आश्चर्यजनक मौनता साधेका छन् । तीन वर्षअघि भेनेजुएलाको विषयमा अमेरिका विरुद्ध विज्ञप्ति जारी गरेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि अहिले मौन छन् ।

भेनेजुएलाको निर्वाचित राष्ट्रपतिविरुद्ध विपक्षी दलका नेताले आफैले आफैलाई राष्ट्रपति घोषणा गर्दा अमेरिकाले त्यसको समर्थन गरेको थियो । त्यसपछि प्रचण्डले २०७५ माघ ११ गते भेनेजुएलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै कडा विज्ञप्ति जारी गरेका थिए । त्यतिबेला उनी तत्कालिन नेकपाको अध्यक्ष थिए । अहिले रुसले सानो र कमजोर सार्वभौम राष्ट्र युक्रेनमाथि आक्रमण गर्दा भने उनी मौन बसेका छन् ।

यो पनि
युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह
रूस–युक्रेन तनाव : नेपालमा कस्तो असर पर्ला ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested