English

उमेर ढल्किएसँगै यी खानपान विष समान



उमेर ढल्किँदै गएपछि खानपान र स्वास्थ्यमा ध्यान दिन आवश्यक हुन्छ । जति उमेर ढल्किँदै जान्छ उत्तिनै हाम्रो शरीरको कार्य क्षमता कमजोर जान्छ । पाचन यन्त्र पनि उस्तै रहँदैन । विशेषगरी ३० वर्ष पार गरेपछि हामीले आफ्नो शारीरिक क्षमता गुमाउँदै जान्छौँ । हुन त यो सबैको हकमा लागु हुँदैन । कतिपयको रोग प्रतिरोधात्मक क्षमताले गर्दा उमेर ढल्कदै जाँदा पनि उत्तिकै बलियो र तन्दुरुस्त हुने गर्छ ।

यद्यपि, धेरैजसोमा भने ३० वर्ष उमेर पूरा गरेपछि शरीर कमजोर हुन थाल्छ । धेरैले वृद्धवृद्धाको रोग भनेर चिन्ने ओस्टियोपोरोसिस रोग पनि यही उमेरमा सुरु हुन थाल्छ । ३० वर्षको उमेरपश्चात देखिने विभिन्न स्वास्थ्यसम्बन्धी समस्यालाई लिएर डिप्रेसनमा जानुअघि याद गर्नुहोस् । यी खानेकुराले मानिसमा छिट्टै बुढ्यौली निम्त्याउँछ ?

चिनी

अमेरिकामा चिनीको खपत धेरै छ । चिनीकै कारण अमेरिकामा मोटोपनाको समस्या पनि धेरै छ । अत्यधिक मात्रामा चिनीको सेवनले अतिरिक्त क्यालोरी हिप, पेट लगायतमा गएर थुप्रिने गर्छ । चिनीकै कारण शरीरमा इन्सुलिन रेजिस्टेन्टको समस्या भई बाँझोपनाको समस्या निम्तिन्छ । चिनीकै सेवनले अनुहारको चाउरीपना निम्तिनुका साथै छाला खुम्चन थाल्छ ।

कृतिम गुलियो

प्रायः ल्याबमा तयार पारिने कृतिम गुलियोको सम्बन्ध क्यान्सरसित हुन्छ । यसको सेवनले शरीरमा ग्लुकोजको मात्रा बढाउनुका साथै बोसो धेरै लाग्छ । यसकै कारण टाइप-२ मधुमेह, मुटुरोग आदि निम्तिने गर्छ ।

मदिरा

शरीरले तीस वर्षपछि क्यालोरी बर्न गर्न सक्दैन, त्यस्ता क्यालोरी पेटमा जम्मा हुन थाल्छ । मदिरामा अत्यधिक क्यालोरी हुने भएकोले यसले शरीरमा इन्सुलिनको स्तरसमेत बढाउँछ जसले विभिन्न रोगको समस्या निम्त्याउँछ ।

क्याफिन

कफीमा प्रशस्त मात्रामा क्याफिन हुन्छ । क्याफिनको सेवनले अनिद्राको समस्या निम्तिन्छ । यसको अत्यधिक सेवनले बुढ्यौलीपना निम्तिन्छ । त्यति मात्र हैन यसको अत्यधिक सेवनले शरीरमा कार्बोहाइड्रेटको समस्या निम्तिन गई शरीरको तौल बढ्छ ।

मैदा

म:म, चाउमिन, स्यान्डविचलगायत मैदाबाट बनेको परिकार सबैलाई मनपर्छ । तर ३० वर्ष उमेर पार गरेकाहरूले मैदा सकभर खानै हुँदैन । किनकी शरीरले मैदालाई ग्लूकोजमा परिणत गर्छ । र, ग्लुकोजलाई शरीरले सजिलै फ्याटको रूपमा संग्रहित गर्छ जसको सेवनले मोटोपन बढाउँछ ।

चिल्लो
३० वर्ष उमेर पार गरेका व्यक्तिले ब्रेडमा बटर वा मार्गराइन-भेजिटेबल आयलबाट बनाएको बटर लगाएर खानु पनि मुटुको लागि हानिकारक मानिन्छ । पुरुषहरूमा ट्रान्सफ्याटले प्रजनन प्रक्रियालाई सुस्त बनाउने गर्छ । यसले हर्मोनलाई असन्तुलित बनाई स्मरण शक्ति तथा मस्तिकको गतिविधिलाई सुस्त बनाउने गर्छ ।

नुन

नुन आवश्यक छ । तर सीमित मात्रामा । अझ तीस वर्ष उमेर पुगेकाहरूका लागि त नुनको सेवन गर्दा विशेष रूपमै ध्यान दिनुपर्छ । किनकि नुनले खानाको स्वाद जति बढाउँछ यसले शरीरलाई त्यति नै धेरै हानी गर्छ ।
अत्यधिक मात्रामा नुनको सेवनले ब्लड प्रेसर उच्च हुनुका साथै स्ट्रोकको जोखिम निम्तिन्छ ।

यो पनि
यौनबारे महिलाको धारणा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested