English

धेरै वर्ष कसरी बाच्ने ? वैज्ञानिकको यस्तो दाबी !



अमेरिकी वैज्ञानिकले लामो उमेर र स्वस्थ कसरी रहिन्छ भन्ने कुराको रहस्य बताएका छन् । वैज्ञानिकले रातमा सुत्नेबेला भन्दा पहिला आफ्नो रिस नष्ट गर्न सुझाएका छन् । झगडा बिर्सिएर दिमाग शान्त गरेपछि सुत्यो भने लामो समयसम्म मानिस बाच्न सक्ने र स्वस्थ रहनसक्ने वैज्ञानिकको दाबी छ । यो दाबी अमेरिकाको ओरेगन स्टेट यूनिभर्सिटीका वैज्ञानिकले आफ्नो रिसर्चबाट गरेका हुन् ।

झगडा त्यहि दिन बिर्सनुहोस्

रिसर्चका अनुसार यदि तपाईले दिनको अन्त्यसम्म झगडा बिर्सिन सक्नुभयो भने, यसको असर अर्को दिन पर्दैन । यदि तपाईले दिमागमा नेगेटिभ कुरालाई हाबी हुनबाट रोक्नसक्नुभयो भने, मानसिक रुपमा स्वस्थ रहन सक्नुहुन्छ । तर यसको बिपरित भएमा यसको असर तपाईमै पर्छ ।

नेगेटिभ कुरा बिर्सिनेमा वृद्धवृद्धा धेरै

यो रिसर्च २०२२ जना मानिसमा गरिएको थियो । यसमा ३३ देखि ८४ वर्ष उमेरका मानिस सहभागी थिए । ८ दिनसम्म हरेक मानिससँग यसको फिलिङ र एक्सपीरियन्सको बारेमा सोधिएको थियो । शोधकर्ताहरुको टीमले औसतमा ४५ वर्षका मानिसको तुलनामा वृद्धवृद्धाले छिटै नेगेटिभ कुरा बिर्सिएको पाइएको हो ।

तनाव कम गर्ने प्रयास आवश्यक

शोधकर्ता रोबर्ट तावस्की हरेक मानिसलाई कुनै न कुनै बेला तनावको सामना गर्नुपरेको र यसलाई रोक्न नसकिने बताउँछन् । तर यसलाई केहि हदसम्म नियन्त्रण भने गर्न सकिने र स्वस्थ रहन सकिने बताउँछन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

Latest










Popular
Suggested