English

कस्ता कलाकार थिए जयनन्द लामा ? (भिडियो पनि)



जयनन्द लामा नेपाली लोकगीत संगीतका मूर्धन्य नक्षेत्र । नेपाली साहित्य, कला, संगीतको विकास र विस्तारका लागि अहोरात्र खटिने एक सपूत । उनै लामाको बुधबार बिहान १ बजे निधन भयो ।

लोकगीत गायन होस् या अभिनय उनको जीवन यसमै समाहित थियो । लामाले एकसय बढी चलचित्रमा अभिनय गरेका थिए भने २०३० सालमा ‘मनको बाँध’ चलचित्रमा पहिलोपटक अभिनय सुरु गरेका थिए ।

उनले लोकगीत संगीतको अध्ययन, अनुसन्धान पनि गरे । गाउँ-गाउँका कुनाकन्दरामा गएर उनले मौलिक लोकगीतका भाका संकलन गरेका थिए । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान (नेराप्रप्र) मा संलग्न भएर उनले लोकगीतको अनुसन्धान र संरक्षणमा लामो समय बिताए ।

जीवनको उत्तरार्धमा पनि लोकगीत संगीतकै सेवामा समर्पित थिए लामा । उनका ‘कलकत्ते काइँयो केश मेरो बांगो, टेबलमा ऐना छ’, बोलको गीत लोकप्रिय छ । यस्तै चट्ट परेको चुल्ठी, हेर्दैमा राम्रो, चुइँ चुइँ चुइँकने जुत्ता, नाच्यो झिल्के नाच्यो, मूलाको चानालगायतका गीत चर्चाको शिखरमा छन् ।

लामाको जन्म २०१३ सालमा सिन्धुपाल्चोकको बाह्रबिसेमा भएको थियो । उनी हुर्केको समाजमा बहुजातिको मिश्रण छ । गुरुङ मगरले रोदी घन्काउथे, राईले साकेला गाउँथे, खसआर्य दोहारी, रोइलामा रमााथे । शेर्पाहरूको आफ्नै लय छ । सानै उमेरदेखि गीत गाउन रमाउँथे लामा । बहुजातिको बसोबास भए पनि गाउँलेबीच एकता थियो । त्यो एकता मौलिक संस्कृतको जगेर्नाका लागि हुन्थ्यो ।

लोकगीतले लोकका कथा भुलेको, रीतिरिवाज, धर्मकर्म, चाडपर्व र संस्कृतिलाई बुझाउने नभएको र गाउँमा सुनिने लोकभाकाको मिठास अहिलेका गीतमा नपाइने उनको गुनासो थियो । तर उनको गुनासा नयाँ पुस्ताले सम्बोधन गर्लान् ?

राजा महेन्द्रको जन्मोत्सवको अवसरमा देशभरमा प्रचलित भाकालाई समावेश गरेर काठमाडौंमा कार्यक्रम गरिन्थ्यो । यो २०२६ सालको कुरा हो । विज्ञहरू तत्कालीन १४ अञ्चल ७५ जिल्लामा पुगेर लोकभाका खोजेर ल्याउँथे । विज्ञहरू गाउँ-गाउँमा लोकभाका खोज्न आउँदैन छन् भन्ने खबर एकदिन लामाले पढ्ने स्कुलमा पनि पुग्यो ।

लामालाई विस्तारै लोकसंगीतको हावाले छोयो । लोकभाका खोज्ने विज्ञमध्येका एक थिए संगीतकार भैरवबहादुर थापा । समय बित्दै जाँदा लामाले संगीतकार थापाको साथ पाए । थापा जहाँ जान्थे त्यहीं लामा पुग्थे र गीत गाउँथे । यसरी गीतसंगीततर्फको लामाको यात्रा अगाडि बढेको थियो ।

लामाले सुरुमा रेडियो नेपालमा चारवटा गीत रेकर्ड गर्ने मौका पाए । ‘पानी परो बलेसी हेरन बैनी झलल’, ‘रोको मनलाई बुझाउने को छ र ?’, ‘पहिलो चरण कुन गीत गाउने’ र ‘सरस्वती मुखैमा नआउने ।’ लामा राजा महेन्द्र र वीरेन्द्रको नजरमा पनि परेका थिए । पछि दरबारमै बसेर पढ्ने मौका पाए ।

लोकगीतले लोकका कथा भुलेको, रीतिरिवाज, धर्मकर्म, चाडपर्व र संस्कृतिलाई बुझाउने नभएको र गाउँमा सुनिने लोकभाकाको मिठास अहिलेका गीतमा नपाइने उनको गुनासो थियो । लोकगीतभन्दा पनि छाडा गीतको बिगबिगीले मौलिकता बेच्ने काम भइरहेको लामा बताउँथे । तर उनको गुनासा नयाँ पुस्ताले सम्बोधन गर्लान् ?

भिडियो :

यो पनि
रहेनन् वरिष्ठ कलाकार जयनन्द लामा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested