English

एकाबिहानै स्यालको टोकाइबाट १५ जना घाइते, गाउँभरि त्रास



सर्लाहीको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकामा स्याल आतंक बढेकाे छ । मंगलबार एकाबिहानै गाउँ पसेको स्यालले विष्णु गाउँपालिका-२ र ४ स्थित नदिया पकडी र पकडी गोठमा स्थानीयमाथि आक्रमण गरेको हो ।

स्यालको टाेकाइबाट १५ जनाभन्दा बढी घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । स्यालको आक्रमणबाट बालबालिका र वृद्धवृद्धासमेत घाइते भएका छन्

एकाबिहानै गाउँ पसेको दुईवटा स्यालले घरमा काम गर्दै गरेका बेला आक्रमण गरी टाेकेर घाइते बनाएकाे विष्णु गाउँपालिका वडा नम्बर-२, नदिया पकडीका रामजनम मुखियाले बताए । स्यालले मुखियाको औँला खाइदिएको छ । यस्तै, घाइतेमध्ये दुईजनालाई थप उपचारका लागि काठमाडाैं रिफर गरिएको जिल्ला अस्पताल प्रशासनले जनाएको छ ।

बाँकी घाइतेकाे जिल्ला अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।

स्यालले फेरि जुनसुकै बेला आक्रमण गर्न सक्ने आशंकामा स्थानीय त्रसित बनेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

१७ असार, काठमाडौं । काठमाडौंको शहरी जल सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण (Artificial Groundwater

Latest










Popular
Suggested