English

काठमाडौंमा प्रदुषण बढ्दा विराटनगरले किन बन्द गर्ने ?



वायुमण्डलमा आएको खराबीको कारण देखाउँदै सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ४ दिन देशभरका विद्यालय बन्द गर्ने निर्णय गर्यो । तर, त्यो निर्णयलाई विराटनगर महानगरपालिकाले भने अवज्ञा गर्दै विद्यालय नियमित सञ्चालन गर्ने परिपत्र गर्यो । महानगरको उक्त परिपत्रले सकारात्मक / नकारात्मक प्रतिक्रिया पाइरहेको छ । यही विषयमा केन्द्रित रही महानगरका शिक्षा प्रमुख दुर्गाप्रसाद खतिवडासँग गरिएको छोटो कुराकानीः

वायुमण्डलमा खराबी आएको कारण सरकारले ४ दिन विद्यालय बन्द गर्ने निर्णयलाई किन अवज्ञा गर्नुभयो ?

पहिलो कुरा त मन्त्रालयले जारी गरेको सूचनामा कुन ठाउँको वायुको प्रदुषण कति मात्रा छ भन्ने उल्लेख गरेको पाइएन । मन्त्रालयको सूचना आइसकेपछि मैले शिक्षा तथा मानवस्रोत विकास केन्द्रका प्रवक्ता केशव दाहालसँग बुझें । मन्त्रालयले देशभरका विद्यालय बन्द गर्ने सूचना निकालेको हो । तर, कुन ठाउँको वातावरणको अवस्था के छ भन्ने कुरा उल्लेख गरेको छैन भन्ने जानकारी दिनुभयो । मन्त्रालयको सूचनामा मापदण्डको विषयमा स्पष्टता नभएको र कोभिडका कारण बन्द भएका विद्यालय भर्खरै चालू भएकाले फेरि बन्द गर्दा विद्यार्थीले पढ्न पाउँदैनन् भन्दै महानगर प्रमुख भीम पराजुलीले विद्यालय बन्द नगर्ने निर्णय गर्नुभयो । उहाँको निर्देशन बमोजिम मैले परिपत्र गरेको हुँ ।

संविधानमा माध्यमिक तहसम्मको अधिकार स्थानीय पालिकालाई दिइएको छ । तर, पालिकाले केन्द्रबाट गरेको निर्णय हाम्रो अवस्था नबुझिकनै गरेको भन्ने बुझेको हुन सक्छ । काठमाडौंको जस्तो प्रदुषण विराटनगरमा छैन भन्ने भएपछि हामीले विद्यालय बन्द नगरेका हौं ।

अर्को कुरा कोभिडको बेलामा सरकारले अवस्था हेरेर बन्द गर्ने अथवा खुलाउने अधिकार स्थानीय पालिकालाई दिएको थियो । त्यसैगरी अहिले पनि प्रदुषणको मात्रा हेरेर विद्यालय खुलाउने वा बन्द गर्ने निर्णय स्थानीय पालिकालाई दिइएको भए स्पष्ट हुन्थ्यो । तर, काठमाडौंमा प्रदुषण बढ्दा विराटनगरमा विद्यालय किन बन्द गर्ने भन्ने कुरा भयो । त्यसैले, यसमा सरकार र स्थानीय निकायबीच समन्वयको अभाव भयो ।

सरकारले त देशभरका विद्यालय बन्द गर्नु भनेको छ नि ? के यो गलत हो ?

गलत होइन । संविधानमा माध्यमिक तहसम्मको अधिकार स्थानीय पालिकालाई दिइएको छ । तर, पालिकाले केन्द्रबाट गरेको निर्णय हाम्रो अवस्था नबुझिकनै गरेको भन्ने बुझेको हुन सक्छ । काठमाडौंको जस्तो प्रदुषण विराटनगरमा छैन भन्ने भएपछि हामीले विद्यालय बन्द नगरेका हौं ।

विराटनगरमा कोभिड संक्रमण बढ्दै गएको अवस्थामा पनि केन्द्रीय सरकारले लकडाउन घोषणा नगर्दै हामीले लकडाउन गरिसकेका थियौं ।

भनेपछि अहिले विराटनगरका सबै विद्यालय खुलेका छन् ?

विराटनगरका सबै विद्यालयमा नियमित रूपमा पठनपाठन सुचारु छन् ।

शैक्षिक गुणस्तर सुधार्न महानगरले के कस्तो काम गरिरहेको छ ?

हाम्रा नियमित कार्यक्रम जे छन्, त्यहीअनुसार काम गरिरहेका छौं । कोभिडको अवस्थामा पनि हामीले टेलिभिजन र रेडियो कार्यक्रम चलायौं । स्थानीय निकायलाई माध्यमिक तहसम्मको जुन अधिकार दिइएको छ, त्यो अधिकारभित्र रहेर हामीले शैक्षिक गुणस्तर सुधार्नका लागि थुप्रै काम गरेका छौं । विराटनगरमा कोभिड संक्रमण बढ्दै गएको अवस्थामा पनि केन्द्रीय सरकारले लकडाउन घोषणा नगर्दै हामीले लकडाउन गरिसकेका थियौं ।

अहिले विराटनगरको वातावरणको अवस्था कस्तो छ ?

हामीले देख्दा त सहज देख्छौं । तर, विज्ञहरूबाट केही कुरा आएको छैन ।

अहिले छिमेकी देशहरूमा कोरोनाको दोस्रो लहर देखा परेकाले विद्यालयमा जनस्वास्थ्यका मापदण्ड पालना गराउन हामी लागी परेका छौं । विद्यालयहरूले पनि पालना गरेका छन् ।

विराटनगरले वातावरणलाई प्रदुषणरहित राख्न के–के कार्य गरिरहेको छ ?

महानगरमा यसअघि वायु प्रदुषणको मात्रा १८० को हाराहारीमा पुगेको थियो । त्यतिबेला जथाभावी धुवाँ, धुलो निस्कने काम नगर्नु भन्दै जनचेतना फैलाउने काम महानगरबाट गरेका थियौं । तर, त्यतिबेला पनि हामीले विद्यालय बन्द गरेका थिएनौं । यद्यपि अहिले भने विराटनगरको प्रदुषणको अवस्था के छ भन्ने थाहा नभइकनै निर्णय भएका कारण हामी दोधारमा प¥यौं ।

कोभिडको जोखिम अझै उस्तै छ विद्यालयहरूमा, जनस्वास्थ्यका मापदण्ड कत्तिको पालना भएका छन् ?

विद्यालय सुरु गर्न डिसइन्फेक्सनका लागि केमिकल वितरण गर्याै । अनिवार्य मास्क लगाउनका लागि विद्यालयमा विद्यार्थीको संख्याका आधारमा मास्क खरिद गर्ने पैसा पनि दियौं । अहिले छिमेकी देशहरूमा कोरोनाको दोस्रो लहर देखा परेकाले विद्यालयमा जनस्वास्थ्यका मापदण्ड पालना गराउन हामी लागी परेका छौं । विद्यालयहरूले पनि पालना गरेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested