English

प्रधानमन्त्रीको घोषणाः ‘सामाजिक सुरक्षा भत्ता साउन १ बाट बढ्छ’



प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ बाट सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका छन् । प्रधानमन्त्रीले रिपोटर्स क्लब नेपालको २३ औं वार्षिकोत्सव कार्यक्रममा पुगेर यस्तो घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीले भने, ‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ । यो सुन्दा मान्छेहरूलाई अर्को छट्पटी शुरू होला ।’

त्यसैगरी प्रधानमन्त्रीले आयोजक रिपोटर्स क्लबका सभापति ऋषि धमलाको प्रशंसा गर्दै ‘उनलाई स्मार्ट पत्रकारिता पुरस्कार दिनुपर्छ’ भन्ने अर्को घोषणा गरे ।

कार्यक्रममा प्रधानमन्त्रीले लामो राजनीतिक भाषण गरे । धेरैजसो समय उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि ब्यङ्ग्य बाँण चलाए । प्रधानमन्त्रीले समसामयिक राजनीतिक भाषणका बीचमा विकास निर्माणको विषय भने छुटाएनन् ।

क्लबका सभापति धमलाले पनि ‘प्रधानमन्त्री ओलीकै नेतृत्वमा देश समृद्ध हुन्छ, उहाँ भिजिनरी नेता हो’ भन्ने अर्को घोषणा नै गरे । कार्यक्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव लगायत सवैजसो वक्ताले क्लबका सभापति धमलाको खुलेर प्रशंसा गरेका थिए । तस्विर स्रोतः रासस



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको

Latest










Popular
Suggested