English

नेपालमा एमसीसीबारे अमेरिका र चीन सवाल-जवाफ : कसले के भने ?



अमेरिकाले एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय भएको बताएको छ । नेपालका लागि अमरिकी राजदूतावासले यसलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने नेपालको निर्णय भएको बताएको छ ।

एमसीसी अनुमोदनका लागि अमेरिकाले नेपालमाथि धम्कीपूर्ण कूटनीति प्रयोग गरिरहेको आरोप उत्तरी छिमेकी चीनले लगाएको भोलिपल्ट शनिबार काठमाडौंस्थित अमरिकी दूतावासले एमसीसीको सामाग्री बेवसाइटमा राखेको छ ।

यो वर्ष नेपाल र अमेरिकाबीचको सम्बन्धको ७५औँ वर्ष भएको र यी ७५ वर्षमा नेपालमा ठूला परिवर्तनहरू भएको उल्लेख गर्दै बेवसाइटमा यी परिवर्तनमा अमेरिका नेपालको साथमा उभिएको बताइएको छ ।

‘हामी नेपालको साथमा उभिएका छौँ र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौँ,’ अमेरिकी दूतावासले भनेको छ ।

‘हामी नेपालको साथमा उभिएका छौँ र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौँ,’ अमेरिकी दूतावासले भनेको छ ।

अमेरिकाले नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने बताएको छ । ‘नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा र यो केवल नेपालको निर्णय हो,’ विज्ञप्तिमा भनिएको छ ।

५० करोड डलर बराबरको यो एमसीसी अमेरिकी जनताको तर्फबाट उपहार भएको जनाइएको छ । ‘५० करोड डलर बराबरको यो मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान अमेरिकी जनताका तर्फबाट उपहार हो ।,’ यो दुई मुलुकबीचको साझेदारी भएको जनाउँदै अमेरिकाले यसले नेपालमा रोजगारी र पूर्वाधार ल्याउने र नेपालीहरूको जीवनमा सुधार गर्ने जनाएको छ ।

शुक्रबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले नेपालमा एमसीसीबारे अमेरिकाको गतिविधिलाई ‘जबरजस्तीपूर्ण कूटनीति’ को संज्ञा दिएका थिए । त्यसको आफूहरूले विरोध गर्ने टिप्पणी उनको थियो ।

‘यो परियोजनाका निम्ति नेपाल सरकार र नेपाली जनताबाट नै आग्रह गरिएको हो र यसलाई पारदर्शी रूपमा गरिबी न्यूनीकरण गर्ने तथा नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने किसिमले तयार पारिएको छ,’ अमेरिकाले भनेको छ ।

शुक्रबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले नेपालमा एमसीसीबारे अमेरिकाको गतिविधिलाई ‘जबरजस्तीपूर्ण कूटनीति’ को संज्ञा दिएका थिए । त्यसको आफूहरूले विरोध गर्ने टिप्पणी उनको थियो । एमसीसीलाई लिएर नेपाली राजनीति तीव्र रूपमा ध्रुवीकृत भइरहँदा चीनको त्यस्तो टिप्पणी आएको हो ।

प्रवक्ता वाङलाई उद्धृत गर्दै सरकारी मुखपत्र ग्लोबल टाइम्सले लेखेको छ, ‘अन्तर्राष्ट्रिय समुदायले नेपालसँग सहकार्य गर्न, उसको अर्थतन्त्रको विकासमा योगदान पुर्‍याउने र जीवनस्तर उकास्ने कुराको चीन स्वागत गर्छ । तर यी कुराहरू कुनै राजनीतिक शर्तहरूविना नेपाली जनताको इच्छामा आधारित हुनुपर्ने वाङले बताउनुभएको छ ।’

यो पनि
एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष
एमसीसीमा सत्ता गठबन्धनका पाँच दल पाँचतिर, कसको पोजिसन के ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested