English

नेपालद्वारा फिलिपिन्स १३६ रनअन्तरले पराजित



नेपालले फिलिपिन्सलाई भारी रन अन्तरले पराजित गरेको छ । ओमानमा जारी टी–२० विश्वकप ग्लोबल क्वालिफायरअन्तर्गत नेपालले दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनअन्तरले पराजित गरेको हो ।

नेपालले प्रस्तुत गरेको २१९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ८२ रनमात्र जोड्न सक्यो ।

यो सँगै नेपाल नेपाल टी-२० विश्वकप छनोट ग्लोवल क्वालिफायरको सेमिफाइनल नजिक पुगेको छ । दुई खेलबाट चार अंक जोडेर नेपाल समूहको शीर्ष स्थानमा पुगेको हो ।

सोमबार हुने समूह चरणको अन्तिम खेलमा क्यानडाविरुद्ध जित निकाले नेपाल समूह विजेता बन्नेछ । समूह विजेता बने सेमिफाइलनमा समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ । सेमिफाइनलमा जित निकाले नेपाल दोस्रो पटक टी–२० विश्वकपमा पुग्नेछ ।

खेलमा कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । उनले ४ ओभरमा ९ रनमात्र खर्चिए । गुल्सन झा, जितेन्द्र मुखिया, अविनाश बोहोरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए । फिलिपिन्सका ड्यानिएल स्मिथले २० र जोर्डन एलेग्राले २७ रन बनाए । यस्तै जोनाथम हिलले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

सोमबार हुने समूह चरणको अन्तिम खेलमा क्यानडाविरुद्ध जित निकाले नेपाल समूह विजेता बन्नेछ । समूह विजेता बने सेमिफाइलनमा समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ । सेमिफाइनलमा जित निकाले नेपाल दोस्रो पटक टी–२० विश्वकपमा पुग्नेछ । यसअघि नेपाल सन् २०१४ मा ट्वान्टी २० विश्वकप पुगेको थियो । जसमा समूह चरणको तीन खेलमध्ये दुईमा जित र एकमा हारको नतिजा आत्मसाथ गरेको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले आकर्षक शतक र दिपेन्द्र ऐरीले विष्फोटक अर्धशतकमा नेपालले फिलिपिन्सलाई २१८ रनको विशाल लक्ष्य दिएको थियो । नेपालको यो लगातार दोस्रो जित हो । शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो ।

यो पनि
नेपालद्वारा ओमान फराकिलो रन अन्तरले पराजित
फिलिपिन्सलाई नेपालले दियो २१९ रनको लक्ष्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested