English

एमसीसी : अप्ठ्यारोमा प्रचण्ड



बुधबार बिहानदेखिनै राजनीतिक वृत्त तरंगित बन्यो । प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि बोलाइएको संसद बैठकमा अमेरिकी सहयोग परियोजना टेबल गर्न जोडबल गरेपछि सबैको चासो माओवादी केन्द्रको संसदीय दलको बैठकमा रहेको थियो ।

बिहान १० बजेपछि बसेको संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी पारित गर्न नसक्ने निर्णय गर्‍यो । सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रले यदी एमसीसी टेबल गर्न सरकारले जबरजस्ती गरे सरकारबाट बाहिरिने निर्णय समेत गरेपछि गठबन्धनको अस्तित्व संकटमा पर्न गयो ।

केही समयअघि मात्र एमसीसी मुख्यालयलाई प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर संसदबाट पास गर्न समय माग गरेका प्रचण्ड पार्टीमा एमसीसीको विषयमा अल्पमतमा पर्न गए । जसका कारण एमसीसी पास गराउने निर्णय प्रचण्डले गर्न सकेनन् ।

पार्टीले एमसीसी यथास्थितमा गर्न नसक्ने निर्णयबारे जानकारी गराउन उनी सोझै बालुवाटार पुगे । जहाँ उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एक्ला एक्लै वार्ता गरे।

वार्ताका क्रममा ‘प्रचण्ड’ले एमसीसी पास गर्न नसक्नाको पाँच कारणबारे प्रधानमन्त्री देउवालाई बताए । प्रचण्डसँगको भेटबारे देउवा र प्रचण्डले आफू निकटका नेताहरूलाई ब्रिफिङ गरेका थिए ।

स्रोतका अनुसार प्रचण्डले प्रधानमन्त्री देउवाकासँग आफू अन्तर्राष्ट्रिय जगतबाट अलगिदै गएको बताएका थिए । ‘विश्वबाट म एक्लिँदै गएको छु । यस्तो अवस्थामा पार्टीमा पनि एक्लिने अवस्था बन्न दिने कुरा हुँदैन, त्यसैले मेरो विवशता तपाईंले बुझिदिनु परो’ प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

पार्टी नेता र कार्यकर्तासमेत एमसीसीको विपक्षमा उभिएकाले आफूले एक्लै निर्णय गर्न नसक्ने प्रचण्डको भनाइ थियो ।
उनले आफूलाई सभामुख अग्निप्रसाद सापकोटाले पनि साथ नदिएको उनले प्रधानमन्त्रीसँग दुःखेसो पोखे । ‘यसअघि महराजीले पनि मान्नु भएन अहिले अग्निजीले पनि साथ दिनु भएन,’ प्रधानमन्त्रीसँग प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

त्यसपछि प्रचण्डले एमसीसीलाई चुनावपछि लैजाने आफ्नो पुरानो प्रस्तावलाई फेरि सम्झाए । ‘चुनाव नजिकिँदै गएको छ, सक्नुहुन्छ भने एक वर्षपछिलाई सारौं’ प्रचण्डले प्रस्ताव गरे । प्रचण्डले स्पष्टताका साथ यही अवस्थामा परिमार्जन नगरी एमसीसीको पक्षमा माओवादी केन्द्र जान नसक्ने बताएका थिए । त्यसपछि यसबारे थप छलफलका लागि बिहीबार गठबन्धनको बैठक बोलाउन दुवै पक्ष सहमत भए ।

यो पनि
एमसीसी : सडक र संसद्का यी दश घटना



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

Latest










Popular
Suggested