English

कोरोना नियन्त्रणमा २३ अर्ब बढी खर्च



सरकारले पछिल्लो डेढ वर्षमा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा २३ अर्ब रूपैयाँभन्दा बढी खर्च गरेको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार उक्त रकम संघ, प्रदेश र स्थानीय तहबाट कोरोना नियन्त्रणमा खर्च भएको हो ।

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा ९ अर्ब ६९ करोड २४ लाख रूपैयाँ खर्च भइसकेको छ ।

२०७८ साउनदेखि पुस मसान्तसम्म उक्त खर्च भएको अर्थ मन्त्रालयले जनाएको हो । चालु आर्थिक वर्षको सुरुवाती ६ महिनामा संघले ७ अर्ब ७४ करोड ५३ लाख रूपैयाँ, प्रदेशले १ अर्ब ८८ करोड ५ लाख रूपैयाँ र स्थानीय तहले ६ करोड ६६ लाख रूपैयाँ खर्च गरेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा कूल १३ अर्ब ३१ करोड ४३ लाख रूपैयाँ खर्च भएको अर्थको तथ्याङ्कले देखाउँछ । अघिल्लो वर्ष संघमार्फत् १० अर्ब ७३ करोड १८ लाख रूपैयाँ, प्रदेशमार्फत २ अर्ब २८ करोड ४७ लाख रूपैयाँ र स्थानीय तहमार्फत २९ करोड ७८ लाख रूपैयाँ खर्च भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ११ लाख ४७१ जनामा कोरोना संक्रमण भइसकेको छ । संक्रमितमध्ये ९ लाख ३८ लाख ५८३ जना निको भइसकेका छन् । कोरोनाका कारण नेपालमा हालसम्म ११ हजार ८९२ जनाको मृत्यु भएको छ ।

विश्वमा पहिलो पटक कोरोना भाइरसको संक्रमण सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको थियो । नेपालमा २०६६ माघ ९ गते पहिलो संक्रमित भेटिएका थिए ।

यो पनि
महाअभियोगका कारण नेप्सेमा पहिरो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested